धापुङमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण

  • १३ मंसिर २०७६, शुक्रबार
  • 2451 पटक पढिएको

म्याग्दी,१३ मंसिर । जिल्लाको मंगला गाउँपालिका–४ धापुङमा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ बस्तिका सर्वसाधारणलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्व, लैङ्गिक हिंसाका कारण र असरको बारेमा जानकारी गराएर त्यस्ता समस्या न्युनीकरण गर्न जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले लैङ्गिक हिंसाको कारण, असर, न्युनीकरण र कानुनि उपचारको बारेमा अभिमुखीकरण गरेका थिए । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले सचेतिकरण मार्फत लैङ्गिक हिंसा न्युनीकरण गर्न दुर्गम बस्तीमा सचेतनामुलक कार्यक्रममा जोड थिएकी थिईन ।

वडा सदस्य मनमाया चोचाङ्गीको अध्यक्षता, फिल्ड सहायक रतिका मिजारको सञ्चालन र कम्प्युटर अपरेटर सिजन रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । ८६ जनाको सहभागिता रहेको कार्यक्रममा वडा सदस्य मनबहादुर थजालीको पनि उपस्थिति थियो । सहभागी महिलाहरुलाई स्थानीय उद्यमीले तयार पारेका सेनेटरी प्याड वितरण गरिएको थियो ।