स्थानीय तहमा गुरुयोजना बन्नै सकेन

  • १२ मंसिर २०७६, बिहीबार
  • धिरन खत्री
  • 2205 पटक पढिएको

धिरन खत्री
म्याग्दी, १२ मंसिर । एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीले स्थानीय स्रोतसाधनबाटै समृद्धिको लागि दिगो योजनासहित अघि बढ्न सकेको छैन् । स्थानीय स्रोत र साधनको उपयोग मार्फत विकास र समृद्धि हाँसिल गर्ने योजना बनाएका पालिकाहरुले कृषि, पर्यटन, जलविद्यूत र खानी उत्खनन्लाई दिगो रुपमा प्रयोगमा ल्याउने गुरुयोजना बनाउएका छैनन् ।युवाहरुलाई रोजगार सिर्जना गर्नेे कृषि र पशुपालनलाई व्यवस्थित र व्यवसायिक बनाउन स्थानीय सरकारले आबश्यक तालिम, प्राविधिक सेवा र अनुदानका कार्यक्रमहरुलाई सामुहिक योजनाको रुपमा अगाडि बढाउनुपर्छ ।


भुगोलअनुसार रोजगार तर्था उत्पादन बृद्धि गर्ने ब्यवहारिक शिक्षाको अभावले स्थानीय स्रोत साधन ओझेलमा परेको रघुगंगा विद्यार्थी मञ्च अध्यक्ष सागर खत्रीले बताए । स्थानीय स्रोतसाधनको बृद्धि र युवाहरुलाई गाउँमै कृषि, पशुपालन लगायतको आकर्षित गर्न प्राविधिक तथा ब्यवहारिक शिक्षामा स्थानीय तहले लगानी बढाउनुपर्ने अध्यक्ष खत्रीले बताए ।
कृषि क्षेत्रमा लागेका ग्रामिण भेगका कृषकलाई सडक पहुच, कृषि प्राविधिक, पशु विज्ञ, डाक्टर भएको स्वास्थ्य चौकी, खेलकुद, परम्परागत खेती परिवर्तन गर्ने प्रविधिमा स्थानीय तहको सरकारले ध्यान दिनुपर्ने राखु भगवतीका ब्यवसायिक सुन्तला कृषक बालकृष्ण कटुवालले बताए ।

पर्यटन, कृषि, जलविद्यूत, खानी, कलासस्कृति, प्राकृतिक सम्पदाको उत्थान गर्न तिन तहको सरकारले गुरुयोजनासहित लगानी गर्न जोडदिएमा युवाहरुलाई रोजगारी सिर्जना भई आन्तरिक तथा बाहय पर्यटकहरुको आगमनले ग्रामिण भेगका मानिसहरुले होमस्टे संचालनबाट मनग्य आम्दानी गर्न सकिने केसीले बताए । यसको स्थानीय तहले स्थानीय उत्पादनमा जोड दिने कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।
धौलागिरि हिमाल (८,१६७ मिटर) अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी लगायतका दर्जनौ हिमाल रहेको छ। हिमालपारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसंगै, अग्ला झरना, ताल तलैया, धार्मिक र ऐतिहाँसिक सम्पदाहरु थप पर्यटकहरुको आकर्षण हुन् । तर यसबाट विदेश पलायन हुन लागेका युवाहरुलाई रोकेर रोजगार सिर्जना गर्ने गुरु योजना स्थानीय तहले लिन सकेका छैनन् ।

पर्यटकको आकर्षण केन्द्रमा राउण्ड धौलागिरी, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्ग रहेपनि प्रभावकारी रुपमा दिगो योजनासहित भौतिक पुर्वाधार बन्न नसक्दा ग्रामिण भेगका जनताले स्थानीय उत्पादन बृद्धि र ब्यवसायलाई निरन्तरता दिन नसकेको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l