जेसिज कपः बुद्ध, बेनी बोडिङ, बेनी सामुदायिक र वेष्ट पोइन्ट पुगे सेमीफाईनलमा

  • १२ मंसिर २०७६, बिहीबार
  • 3042 पटक पढिएको

मंसिर १२ गते । सदरमुकाम बेनीमा जारी अन्तरमावि १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा बुद्ध, बेनी बोडिङ, बेनी सामुदायिक र वेष्ट पोइन्ट विद्यालय पुगेका छन् । शुक्रबार हुने सेमिफाईनलमा बुद्ध एकडेमी बगरफाट भर्सेज बेनी सामुदायीक र बेनी बोडिङ भर्सेज वोष्ट पोइन्ट भिड्ने प्रतियोगिताका प्रवक्ता विरेन्द श्रेष्ठले जानकारी दिए ।


विहिवार सम्पन्न क्वाटर फाइनलमा भिम मावि देविस्थिानलाई वेष्ट पोइन्ट आवसिय माविले शुन्य विरुद्ध ७ गोल, केबी एकेडेमी दरवाङलाई बुद्ध एकेडेमी बगरफाँटले शून्यका विरुद्ध १ गोल, म्याग्दी एकेडेमी सिगाँलाई बेनी बोर्डिङले शून्यका विरुद्ध ३ गोल, जनप्रिय मावि दरवाङलाई बेनी सामुदायिकले २ का विरुद्ध ४ गोल गर्दै सेमिफाईनकाे यात्रा तय गरेका थिए ।

सेमिफाईनल शुक्रबार साढे १० बजे खुल्लामञ्चमा सुरु हुनेछ । २० विद्यालय सहभागी रहेको प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैया र अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ। भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर/ रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेका छन् ।