ताजा अपडेट
म्याग्दी बचत तथा ऋण सहकारीको साधारणसभा, अध्यक्षमा पुन चयन
- 5 बर्ष, 2 महिना अगाडि
- २२ मंसिर २०७६, आईतवार
म्याग्दी २२ मङ्सिर । काठमाण्डौमा म्याग्देलीहरुद्धारा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभाबाट थदेवी पुनको नेतृत्वमा १५ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरिएको छ । सहकारीको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, धनलाल जैशी, सचिव दिपबहादुर छन्त्याल, कोषाध्यक्ष इन्द्रजीत छन्त्याल, सह–सचिव टकबहादुर थापा, सह–कोषाध्यक्ष छकप्रसाद... पुरा पढ्नुहोस
गलकोट कोतको संरक्षण सम्वर्दन गर्न सरोकाकारवालाको चासो
- 5 बर्ष, 2 महिना अगाडि
- २२ मंसिर २०७६, आईतवार
थम्मन थापा बागलुङ मंसिर २१ । गलकोट बाईसे चौबिसे राज्य अन्तर्गत एउटा तत्कालिन राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजार देखि माथि गोलकोत कोत घर छ जहाँबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको गलकोट कोत संरक्षण सम्वर्दन गर्न यतिबेला गलकोट नगरपालिका ३ नं... पुरा पढ्नुहोस
श्रमिक महिला हिंसा न्युनिकरणका लागि बेनीमा अन्तरक्रिया
- 5 बर्ष, 2 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
म्याग्दी, २१ मंसिर । श्रमिक महिला हिंसा न्युनिकरणका लागि स्थानीय सरकार, श्रमिकहरु र सरोकारवालहरुसंग टे«ड यूनियनको भुमिकाबारे शनिबार बेनीमा छलफल गरिएको छ। नेपाल टे«ड युनियन महांसंघ जिफ्ट नगर कमिटि तथा क्युफेक नेपालको आयोजना, बेनी नगरपालिका, मिलन म्याग्दी, सुहारा, राष्ट्रिय महिला अधिकार मञ्चको सहयोगमा महिला हिंसा न्युनिकरणसम्वन्धी छलफल गरिएको हो ।... पुरा पढ्नुहोस
मिलनचोकमा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख संकलन
- 5 बर्ष, 2 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
मंसिर २१ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख रुपैयाँ संकलन भएको छ । धाइरिङ निवासी हाल बेलायतमा वासोबास गर्नुहुने एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यको परिवारले १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी महोत्सवको दोस्रो दिनको सभानायक... पुरा पढ्नुहोस
मराङमा स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सुरु
- 5 बर्ष, 2 महिना अगाडि
- २१ मंसिर २०७६, शनिबार
बेनी, २० मंसिर । धवलागिरी गाउँपालिका–६ मराङमा शुक्रबार देखि स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिलाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । शनिबार सम्म सञ्चालन हुने शिविरमा लमजुङ सामुदायिक अस्पतालका... पुरा पढ्नुहोस
भ्रमण बर्षलाई लक्षित गरि गलेश्वरदेखि कालिगण्डकीमा ¥याफ्टिङ सञ्चालनको तयारी (भिडियो सहित)
- 5 बर्ष, 2 महिना अगाडि
- २० मंसिर २०७६, शुक्रबार
म्याग्दी २० मङ्सिर । नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि म्याग्दी हुँदै बग्ने कालिगण्डकी नदीमा व्यवसायिक रुपमा ¥याफ्टिङ सञ्चालन गर्ने तयारी गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरि सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रमा पर्यटन विकासको लक्ष्य सहित गलेश्वरदेखि ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । https://www.youtube.com/watch?v=ewnfqAPmHeQ&t=16s नियमित... पुरा पढ्नुहोस
सिपमुलक तालिमको बजेट दुरुपयोग
- 5 बर्ष, 2 महिना अगाडि
- २० मंसिर २०७६, शुक्रबार
सन्ताेष गाैतम, म्याग्दी, २० मंसिर । जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका उद्यमीहरुलाई एक कम्पनीले अधकल्चो तालिम दिएर भ्रष्ट्राचार गरेको छ । संगम तालिम तथा परामर्श केन्द्र प्रा.लिले तोकिएको भन्दा कम समय तालिम सञ्चालन गरेर राज्यको बजेट दुरुपयोग गरेको हो । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत केन्द्रले गत... पुरा पढ्नुहोस
ब्यवसायिक लोक्कल कुखुरा पालनमा युवा (फोटोफिचर)
- 5 बर्ष, 2 महिना अगाडि
- २० मंसिर २०७६, शुक्रबार
धिरन खत्री, म्याग्दी, २० मंसिर । पछिल्लो युवा पुस्ताहरु स्थानीय स्रोतसाधनलाई प्रयोग गर्दै ब्यवसायीक आम्दानी गर्नतर्फ आकर्षित भएका छन् । यस्तै जिल्लाको बेनी नगरपालिका– १ हुलाके खवरास्थित २५ बर्षि ईश्वर केसीले घरवरिपरि रहेको पुस्तौदेखिको जग्गामा हुदै आएको निर्वाहमुखी खेतीलाई विस्थतापित गर्दै ब्यवसायिक रुपमा लोक्कल कुखुरा पालन गर्दै आएका छन् ।... पुरा पढ्नुहोस
मिलनचोक–धाईरीङ सडक कालोपत्रे आयोजना सुरु
- 5 बर्ष, 2 महिना अगाडि
- १९ मंसिर २०७६, बिहीबार
मिलनचोक, १९ मंसिर । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक कालोपत्रे आयोजना सुरु भएको छ । जलजला गाउँपालिकाको आयोजनामा बिहीबार मिलनचोकमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सडक निर्माण कार्यको शिलन्यास गर्नुभयो । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तरगत मिलनचोक देखि धाइरीङ जोड्ने... पुरा पढ्नुहोस
गर्भवतीलाई अण्डा उपहार
- 5 बर्ष, 2 महिना अगाडि
- १९ मंसिर २०७६, बिहीबार
ध्रुबसागर शर्मा , म्याग्दी १९ मंसिर । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयंसेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ । ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुलाइ पोषण कार्यक्रम अन्तरगत... पुरा पढ्नुहोस