विभिन्न कसुरमा फरार दश जना पक्राउ
- १७ श्रावण २०७७, शनिबार
- 1089 पटक पढिएको
म्याग्दी, १७ साउन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न मुद्धामा अदालतले दोषी ठहरिएका फरार १० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । डाडाचोरी, गौबध, अनियमित बन पैदावार, सवारी ज्यान, बहुबिवाह लगायत कसुरमा दोषी ठहर भई कैद र जरिवाना तोकिएका व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका १० जना व्यक्तिहरुलाई १० वर्ष २ महिना कैद र ६२ हजार ६२५ रुपैयाँ जरिवाना तोकिएको थियो । पक्राउ परेका व्यक्तिहरुलाई कारबाही गर्न म्याग्दी जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताए ।पक्राउ पर्नेमा ६ वर्ष कैद र ३९ हजार रुपैयाँ जरिवाना तोकिएका डाका चोरी मुद्दामा फरार अन्नपूर्ण–५ शिख घर भई पोखरा बस्ने बालकृष्ण गर्बुजा भनिने कृष्ण गर्बुजा र ३ वर्ष कैद सजाय तोकिएका गौबध मुद्दाका फरार बेनी–६ घर भई कुश्मा बस्ने सम्मरबहादुर दर्जी लगायतलाई प्रकाउ गरेको छ ।
समाजमा लुकिछिपी रहेका फरार व्यक्तिहरुको पहिचान भएर दोषी ठहर भएकालाई प्रकाउ गर्नमा प्राथमिकता दिएको छ ।