बेनीमा आँखा उपचार केन्द्र संचालन

  • १५ श्रावण २०७७, बिहीबार
  • 2656 पटक पढिएको

म्याग्दी, १५ साउन । सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा आँखा उपचार केन्द्र संचालन भएको छ । नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीद्वारा आँखा उपचार केन्द्र सोमबारदेखि संचालनमा लिएको हो ।


हिमालय आखाँ अस्पताल पोखराको प्राविधिक सहयोगमा स्थापना गरिएको आखाँ उपचार केन्द्रको शुभारम्भ नेत्र ज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले गरेका थिए । ७८ बर्षिय वृद्धको उपचार गर्दै केन्द्र संचालन गरिएको थियो । दृष्टि सबैका लागि भन्ने मूल उद्देश्यसहित आखाँ रोगका समस्यामा परेका विरामीलाई सहज रुपमा सेवा प्राप्त गर्नका लागि केन्द्र स्थापना गरिएको बानियाँले जानकारी दिए ।

केन्द्रका आवश्यक उपकरणहरु हिमालय आखाँ अस्पतालले उपलब्ध गराएको छ । उद्घाट्नप्रश्चात सोमबार ६२जनालाई निःशुल्क आखाँ परिक्षण गरिएको आखाँका डाक्टर दिनेश बाँनियाले जानकारी दिए ।

संघले १८ वटा अस्पताल र एकसय भन्दा बढी आँखा उपचार केन्द्र संचालनबाट विरामीको सेवा दिदै आएको छ।