नेकपा भित्रको कलह  देशभरी फैलिएको सलह जस्तै

  • १८ श्रावण २०७७, आईतवार
  • 1498 पटक पढिएको

 

कमल (तिलक भण्डारी) /म्याग्दी, १८ साउन । सर्वहारा पार्टीको नेतृत्वमा सरकार संचलान छ । कम्यूनिष्ट भनेको बिपन्न नागरिकको अभिभावक हो भनेर चित्रण गरीएको छ, त्यहि बिचार र दर्शनलाइ आत्मसाथ गरी नेपाली जनताले झन्डै दुइ तिहाइ जनमत दिए । त्यहि जनमतको आधारमा अहिले सरकार संचालनमा नेपाल कम्यूनिष्ट पाटी छ छ । बामपन्थिको सरकारले पक्कै पनि देशलाइ आमुल परिर्वतनको परिकल्पना गरेको छ । घोषणा पत्र अनुरूप बिकाश र समृद्धि छिटो नै हासिल गर्ने छ भन्ने सबै बर्ग तह तप्कामा आशा छ । जनताको त्याग र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रले पक्कै पनि नेपालीका दैनिक समस्याको हल गर्ने छ । बिशेष गरी गाँस बास र कपासको लागी नेपाली युवायुवतिले देश छोडेर प्रदेश जाने दिनको अन्त्य गर्ने छ, प्राकृतिले दिएको हराभरा देशलाइ बिकाश र समृद्धिले देशलाइ कायलपटल गर्ने छ । एसियामा पृथक र सुन्दर शान्त बिशाल नेपाल बनाउने छ नेकपाको नेतृत्वले भनेर नै जनताले चुनाब मार्फत दुइ तिहाई मत दिएर अनुमोदन गरेका हुन ।


नेकपाको सरकार गठन भएपछि केहि राम्रा र आशा लाग्दा पनि काम भएका छन । नेपालको मिचिएको भुमि फिर्ता समाजिक सुरक्षा कोष र राष्ट्रिय गौरबका योजना कार्य प्रगति हुनु सकारात्मक पक्ष हुन। अघिल्लो कम्यूनिष्ट सरकारको नेतृत्वले लोडसेडिङ अन्त्य गर्नु देशलाइ उज्यालो नेपाल बनाएर बिधुत प्राधिकरण घाटा मात्र होइन थला परेको बिधुत प्राधिकरणलाइ नाफामा लैजानु जति तारिफ गरे पनि कम हुने कार्य भएका हुन । यहि कार्य प्रगति र भुकम्प पछि भारत बिरूद्ध नाका बन्दिमा कम्युनिष्ट नेतृत्वले लिएका अडान राष्ट्रिय मुदामा देखाएको पृथक कार्यले गर्दा नै आजको नेतृत्व सफल भएको हो ।

झापा आन्दोलन र जनयुद्धले परिकल्पना गरेको सुखि नेपाली र समृद्ध नेपालको खाका कति पुरा भए कति पुरा हुनेछन त्यसको परिणाम आगामी चुनाबममा जनताले फैसला गर्ने छन । झापा आन्दोलनमा बर्ग सत्रु खत्तम अभियान कति कठोर थियो, राज्यतर्फबाट सात जना र बिद्रोहि पक्षबाट एघार जना कति क्रुर हत्या भएको थियो बेलुकि घरमा खाना खादै गर्दां हतियारले सिधै मानिसका टाउको काटनु धैरै डरलाग्दो थियो त्यस्तै राज्यतर्फबाट कारागार परिबर्तन भनि हत्या गरनु झनै कहालि लाग्दो थियो । जनयुद्ध कति कठिन र असहज थियो राज्य सत्ता परिर्बतन गरदा बलिदानको माग गदर्छ, त्यहि मागलाइ पुरा गर्न हजारौं जनताले बलिदान दिए हजारौं बेपत्ता घाइते भए कति घरबार बिहिन भए कसैको परिवारनै समाप्त भयो । अझै पनि कति घाइतेले उपचार पाएका छैनन, अझै केहिले शरिरमा भएका गोलि निकाल्न सकेका छैनन, कोही सडकमा बास छ, के हामी नेपाली जनताको चाहना यहि अवस्था सिर्जना गर्न बलिदान दिएको हो ?

नेकपा भित्रको अहिलेको कलह र देशभरी फैलिएको सलह उस्तै उस्तै हुन। पद शक्ति सत्ताको लागी मरिहत्ये गर्ने मानसिकता कालन्तरमा नेकपालाइ ठुलो दुरगतिउन्मुख हुनेछ, त्यसैले लाखौँ लाख कार्यकता र जनताको भावना माथि खेलवाड किमार्थ मान्य छैन । त्यसकारण बिधि बिदान पद्धती भन्दा ब्यक्ति कहिले पनि माथि हुदैन निति र बिधि नेतृत्व देखि कार्यकता सम्म लागु भएको हुन्छ पार्टि भन्दा ब्यक्ति प्रदान कहिल्य पनि हुन सक्दैन समय माग अनुसार नेतृत्व परिर्बतन हुन्छ तर पार्टि कहिल्य पनि परिर्बतन हुदैन निजि स्वार्थ भन्दा माथि उठेर देशलाइ सर्बेसर्बा राखी अगाडि बढनु आजको आबश्यकता हो । त्यसकारण बिभाजन भन्दा पनि एकता कायम गरी जनताको अपेक्षालाइ कार्यन्वन गरी अगाडि बढाउदै जाँदा देश जनता कार्यकता सबैको हित र मित यसैमा हुने छ ।

एकताका मुख्य दुइ पात्र अहिले एकै साथ छन पार्टि एकता गर्दा भएका सहमति दुबै कार्यकारी नेताले पालन गर्नुपर्छ तबमात्र एकतालाइ बलियो बनाइ अगाडि बढन सकिन्छ । पार्टि एकतामा मुख्य शुत्रधार र सहमति पत्रमा हस्ताक्षर गर्दा एकको सय प्रतिशत अर्को पक्षको शुन्य प्रतिशत कहिल्य हुदैन दुबैको समानजनक हैसियत रहन्छ, त्यसकारण फुटको राजनीतिले नेकपा मात्रै होइन सिङगो देश नै अस्थिर उत्पन्न हुन्छ । जति सक्दो छिटो शिर्ष नेतृत्वले ब्यक्ति भन्दा पनि पाटी र जनता महान हुन भन्ने बिषयलाइ सर्बेसर्बा ग्रहण गरी बाकी सबै बिषयलाइ गौण राखेर अगाडि बढनु नै आजको आबश्यकता हो ।

शिर्ष नेतृत्वले अहिलेको संकटलाइ हल गर्न सकेन भने पार्टि बिघटन मात्रै होइन आगमी दिनमा कम्युनिष्ट भनेर कोहि जनता कार्यकता बाहिरा देखिदैनन इतिहासमा कम्युनिष्ट थिए भनेर खोज्नु पर्ने छ त्यसकारण शिर्ष पाँच जनाको नेतृत्वले अहिलेको संकटलाइ अबतरण गरनुपर्छ । शोभियत जस्तो लेनिनको मृत्यु पछि स्टालिनले पाटी कब्जा गरी लाखौँ लाख कार्यकता प्रताडित र हजारौं हत्या र समकालिन नेतालाइ कार्बाहि र देश निकाला जस्तो अबस्था नबनोस । त्यसकारण हजारौं कार्यकता र नेपाली जनतामाथि खेलवाड र जनमतको अनाधार नहोस नेकपाको नेतृत्वलाइ इतिहासले सम्झने योग्य बनोस यहि शुभकामना!

लेखकः रघुगंगा गाउँपालिका–२ राखु भगवतीका हुन् । विचार ब्यक्तिगत हो ।