रुईसेटोलस्थित धुविचौरमा तिन घर विस्थापित

  • १५ श्रावण २०७७, बिहीबार
  • 923 पटक पढिएको

म्याग्दी, १९ असार । घरसहित वरिपरिको जग्गा बग्न थालेपछि म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु रुईसे टोलस्थित धुविचौरमा तिन घर विस्थापित भएका छन् । अविरल बर्षापछि चिराचिरा परेको धुविचौरको बस्तीमा आकस्मिक रुपमा हुने ठुलो जनधनको क्षतिबाट जोगाउन तिन घरलाई सुरक्षित स्थान सारिएको हो ।


पुर्ण रुपमा जोखिममा परेको धनराज तुलाधर, अविनाश तुलाधार र शेरबहादुर तुलाधरका परिवारलाई रुईसेटोलमा रहेको आसिसि भवनमा राखिएको रुईसेटोलका युवा राम्जी भण्डारीले जानकारी दिए । धुवीचौरका विस्थापित भएका अविनाश शिलाधरले घर चिराचिरा पर्नु, घरमुनीको जग्गा बगेको कारण हुन सक्ने ठुलो क्षतिबाट जोगिन विस्थापित भएको बताए । पानी परेपछि घरमा बस्न छाडेका छौ, घरवरिपरिको जग्गासहित बाटो लच्किएको हुदाँ तत्काल जोखिम न्युनिकरण गर्न आवश्यक पहलका लागि स्थानीय सरकारलाई आग्रह समेत गरेको उनले बताए ।

धुवीचौरस्थित विनोद भण्डारीको घरमा पनि अाँशिक रुपमा क्षति पु¥याएको छ। आकस्मिक रुपमा हुन सक्ने जनधनको क्षतिलाई न्युनिकरण गर्न स्थानीय सरकार र जिल्लाका सरोकारहरुले विस्थापित परिवारको बस्ती जोगाउन आवश्यक पहल गर्न आवश्यक देखिन्छ ।