बेनी नगरपालिकाद्धारा बाढी पहिरोबाट प्रभावितलाई राहत वितरण

  • १४ श्रावण २०७७, बुधबार
  • 1754 पटक पढिएको

म्याग्दी, १४ साउन । बेनी नगरपालिकाले असार र साउनमा अविरल बर्षासंगै आएको बाढी पहिरोबाट प्रभावित  घरपरिवारलाई १० लाख ७ हजार रुपैया  राहत वितरण गरेको छ । नगरपालिकाले बाढी,पहिरोबाट प्रभावित परिवारको क्षतिको मुुल्याकंन गरेर राहत वितरण गरेको हो ।


नगरपालिकाभित्र मंगलघाटमा रहेका पुलिस चौकीसहित २० घर पुर्ण क्षति, १९ घरहरुमा आँशिक क्षति र १०६ घर उच्च जोखिममध्ये विस्थापित २३ रहेको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए । नगरपालिकाभित्र असार र साउनमा बाढी र पहिरो र नदी कटानबाट प्रभावित परिवारलाई क्षतिमूल्याकंन गरेर राहत र ३६ थान पाल वितरण गरेको छ ।

विपदबाट प्रभावित बस्ती, घर, ब्यवसाय, र विभिन्न योजनाहरुमा परेको पुर्ण, आँशिक क्षतिकोे आधारमा मर्मतका लागि नगरपालिकामा परेको निवेदन आधारमा स्थलगत अवलोकन गरेर प्रभावित ब्यक्तिलाई विपद कोषबाट राहत दिएको अधिकृत थापाले बताए ।

सदरमुकाम बेनीदेखि ग्रामिण भेगमा जाने सडकहरु अवरुद्ध, पशुपन्छी गोठ, सिचाई कुलो र खानेपानी लगायतको क्षेत्रमा बाढी पहिराले क्षति गरेको छ ।