नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडक सास्तीपुर्ण

  • १८ श्रावण २०७७, आईतवार
  • धिरन खत्री
  • 1529 पटक पढिएको

म्याग्दी, १८ साउन । दुई गाउँपालिकासहित मुस्ताङ जिल्लाको आवातजावात हुने बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो र कालीगण्डकी नदीको कटानको कारण सास्ती पुर्ण भएको छ । सडक कटान र पहिरोले दुईहप्तासम्म सडक जोखिमपुर्ण हुदाँ सवारीसाधन र पैदलयात्रुलाई सास्ती छ ।


नदी कटानले सडक आधा लगेको छ, खाद्यान्न र विभिन्न विकास आयोजनाहरुको सामान ढुवानीमा समस्या भएको छ । बर्षासंगै पहिरो निरन्तर खस्दा सदरमुकाम बेनीमा सेवा लिन आउने रघुगंगा र अन्नपुर्णबासीलाई जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । दुईहप्ता वितिसक्दापनि सरोकारहरु नीरिक्षण गर्नमा ब्यस्त छन् । त्यसलाई तत्काल न्युनिकरण गर्नमा ध्यान गएको छैन् । बर्षैपिच्छे करोडौ खर्च गरेर मर्मत गरेपनि सडकमा आउने पहिरो रोकिन सकेको छैन् ।


बेनी–जोमसोम सडक अन्तरगत बेनी नगरपालिका र रघुगंगा गाउँपालिका सिमाना रहेको रघुगंगा नदीमा रहेको बेलिव्रिज पुल नदीको बाढीले भत्काएपछि असार २५ गतेदेखि सिधा यातायात सेवा अवरुद्ध अवस्था रहेको छ । संघ, प्रदेश र जिल्लाका जप्रतिनिधि, कर्मचारीहरु मर्मत र पहिरो रोकथाम गर्नका लागि निरिक्षण गरेपनि जोखिम न्युनिकरण र मर्मत ध्यान गएको छैन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l