ताजा अपडेट

बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी

म्याग्दी, १८ चैत । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी भएको छ । पश्चिम म्याग्दी यातायात सेवा प्रा.लि. अन्र्तगत सञ्चालित ध १ ज ६२८ नम्बरको जिपमा गयराती आगजनी भएको हो । बरंजाको साविकको गाविस भवन अगाडि राखिएको जिपमा लागलागी हुँदा करिब रु ३९ लाख बराबरको जिप पुरै... पुरा पढ्नुहोस

बेनीमा सद्भाव दिवस मनाइयो

बेनी, १८ चैत । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको आयोजनामा बिहीबार बेनीमा सद्भाव दिवस मनाइएको छ । बेनीको क्याम्पसचोकमा दिगो, शान्ति, सहिष्णुता र सद्भावको कामना गर्दै मैनवत्ती प्रज्वलन गरेर दिवस मनाइएको हो । सो कार्यक्रममा समाजका केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले नेपालमा दिगो शान्तिका लागि जाती र भुगोलबीच... पुरा पढ्नुहोस

जिप दुर्घटनामा चालकको मृत्यु

म्याग्दी, १७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीको मच्छिममा बिहीबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि मुना जाँदै गरेको ध १ ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा चालक बेनपा ४ का ५० वर्षिय खिमबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साविक ताकम गाविसको... पुरा पढ्नुहोस

महोत्सवमा आयोजित पुरुष भलिबलमा पर्वत च्याम्पीयन

म्याग्दी,१७ चैत । बेनीमा आयोजित धौालगिरि महोत्सवमा  अञ्चलस्तरीय पुरुष भलिबलमा प्रथम उपाधी पर्वतले जितेको छ । बागलुङलाई पर्वतले एकका विरुद्ध तिनसेट जित्दै प्रथम हुन सफल भएको हो । दोश्रो बागलुङ भएको छ भने म्याग्दी वि तेस्रो भएको छ । भलिबलमा  विजेता उपविजेतालाई क्रमस  ३५  हजार, २५ हजार, १५ हजार र... पुरा पढ्नुहोस

जिल्ला अदालत जाँदै हुनुहुन्छ ? परिचय पत्र अनिवार्य बोक्नुस !

म्याग्दी, १७ चैत । के काम बिशेषले यहाँ जिल्ला अदालत म्याग्दी आउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनिबार्य रुपमा परिचय खुल्ने कागजात लैजानुहोला । यदि तपाईले आफ्नो परिचय खुल्ने कुनैपनि कागजपत्र बोक्नुभएको छैन भने तपाईलाई जिल्ला अदालत प्रवेश गर्न सुरक्षाकर्मीले रोक्नेछन् । जिल्ला अदालत म्याग्दीले अनाबश्यक मानिसहरु अदालत परिसरमा बस्ने... पुरा पढ्नुहोस

निशुल्क पाठेघर उपचार शिविर सुरु

म्याग्दी, १७ चैत । म्याग्दी सदरमुकाम बेनीमा बिहीबारदेखि साताव्यापी पाठेघर (आंङ) खस्ने रोगको निशुल्क उपचार शिविर सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा देवदह मेडिकल कलेज शिक्षण अस्पताल रुपन्देहीको प्राविधिक सहयोगमा सुरु भएको शिविरको अस्पताल विकास समितिका अध्यक्ष माधब प्रसाद रेग्मीले... पुरा पढ्नुहोस

नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गमा पूर्वाधार निर्माण हुँदै

म्याग्दी, १७ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने नेपालको नवौँ (८ हजार ९१ मिटर ) अग्लो अन्नपूर्ण हिमालको प्रथम आधार शिविर पुग्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ  । चार बर्षको अबधिमा गत बर्षसम्म नारच्याङदेखि अन्नपूर्ण प्रथम आधार शिविर सम्म सामान्य पदमार्गको ट्याक निर्माण भएको पदमार्गमा यो बर्षदेखि... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसका प्रध्यापक कर्मचारीको आन्दोलन फिर्ता

बेनी १७ चैत । बेनीको म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक कर्मचारीहरुको आन्दोलन फिर्ता भएपछि बिहीबारदेखि पठनपाठन र प्रशासनीक कामकाज सूचारु भएको छ ।     बृद्धी भएको तलब सुबिधा पाउनुपर्ने माग गर्दै क्याम्पसका करिब ४० जना प्रध्यापक, कर्मचारीहरुले गत आईतबारदेखि “पेन डाउन” गरेका थिए । क्याम्पसले सरकारी कर्मचारीको तलब वृद्धीकै दरमा प्रध्यापक... पुरा पढ्नुहोस

पत्रकार महासंघको स्थापना दिवस मनाइयो

म्याग्दी, १६ चैत । नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिवसको अवसरमा बुधबार बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । महासंघको जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिर चोक हुदै सोही ठाउँमा पुगेर समापन भएको थियो । ¥यालीमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको केन्द्र विवादले निर्वाचन नहुने खतरा, दुई वटा गाउँपालिका बनाउन माग

म्याग्दी, १६ चैत । म्याग्दीको रघुगंगा भेगका विभिन्न ८ गाविसलाई समावेश गरिएको रघुगंगा गाउँपालिकाको केन्द्र विवादले निर्वाचन नहुने खतरा बढेको छ । भौगोलिक बिकटताको कारण गाउँपालिकामा समावेश आठ गाविसहरु झिं, पाखापानी, कुइनेमंगले, चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोलाका नागरिकहरुलाई एउटै केन्द्रबाट सेवा सुविधा लिन अपाएक देखिएपछि त्यस क्षेत्रका सरोकारवालाहरुले गाउँपालिका... पुरा पढ्नुहोस