म्याग्दी समाचार
म्याग्दीमा ४८ हजार ३ सय १८ मत खस्यो
- 8 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
बैशाख ३१ गते । म्याग्दीमा आइतवार सम्पन्न स्थानीय तह निर्वाचनमा कुल ६७ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिकामा गरि कुल ७१ हजार ४ सय ६३ मतदाता रहेकोमा ४८ हजार ३ सय १८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा १८ हजार... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा ७१ प्रतिशत बढी मत खस्यो
- 8 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
म्याग्दी, ३१ वैशाख । आईतवार भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा करिब ७१ दशमलब ७४ प्रतिशत मत खसेको छ । नगरपालिकाको १० वटा वडामा कुल रहेको १८ हजार ३४५ मतदाता मध्ये जम्मा १३ हजार बढीले मतदान गरेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।... पुरा पढ्नुहोस
म्याग्दीमा शान्तीपूर्ण रुपमा मतदान सम्पन्न
- 8 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचन आईतवार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा भएको स्थानीय तह निर्वाचन जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो । विहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म जिल्लाको ७२ मतदान स्थलमा रहेका १०२ निर्वाचन... पुरा पढ्नुहोस
बाग्लुङको ताराखोलाको मतगणनामा प्रविधिको प्रयोग
- 8 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
बागलुङ, ३१ वैशाख । बाग्लुङको ताराखोला गाउँपालिकाको मतगणनामा अत्याधुनिक प्रविधियुक्त बनाइने भएको छ । क्यामेरा र प्रोजेक्टरको प्रयोग गरी मतगणनालाई पारदर्शी बनाउन लागिएको निर्वाचन अधिकृत देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । ‘गाउँपालिकाका सबै पाँचवटा वडाबाट मतपेटिका संकलन भएपछि मतगणनाको कार्य प्रारम्भ गरिने छ,’ निर्वाचन अधिकृत सुवेदीले भन्नुभयो, ‘मतगणनालाई पारदर्शी बनाउन क्यामेरा... पुरा पढ्नुहोस
म्याग्दीमा साठी प्रतिशत बढी मतदान, बर्षाले मतदान प्रभावित
- 8 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनमा हालसम्म करिब साढी प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा उत्साहजनक जनसहभागीता देखिएको र शान्तिपूर्ण बातावरणमा नै निर्वाचन भईरहेको जानकारी प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार... पुरा पढ्नुहोस
मतदानमा उत्साहजनक सहभागीता (फोटो फिचर)
- 8 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनको मतदानमा उत्साहजनक जनसहभागीता देखिएको छ । आईतबार बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । मतदानको समय सुरु हुनुअगावै सर्वसाधारणहरु आफ्नो मतदान स्थलमा पुगेर भोट हाल्नका लागि लामबद्ध भएका थिए । सबै मतदान केन्द्रहरुमा निर्धारीत समयमै मतदान सुरु... पुरा पढ्नुहोस
बेनीबजार किन भयो सुनसान
- 8 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
म्याग्दी,३१ बैशाख । आइतबारपनि बेनीबजार सुनुसान जस्तै छ । स्थानीय निर्वाचनमा भाग लिनका लागि आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारण गएपछि बेनीवजार सुनसुान बनेको हो । म्याग्दीको सदरमुकाम बेनीबजार सधै मानिसहरुको भिड र सवारीको चाप भईरहने बजार आइतबार मात्र होइन शनिबार देखिनै मानिसहरुको चाप ह्वातै घटेको थियो । निर्वाचनमा मतदान... पुरा पढ्नुहोस
म्याग्दीका सबै स्थानीय तहमा मतदान सुरु (फोटो फिचर)
- 8 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
म्याग्दी, ३१ वैशाख । म्याग्दीका सबै स्थानीय तहमा आज विहान ७ बजेदेखि मतदान सुरु भएको छ । विहान ७ बजेदेखि सुरु भएको निर्वाचनको मतदान साभmँ पाँच बजेसम्म जारी रहनेछ । जिल्लाको सबै मतदान केन्द्रमा एकै समयमा मतदान सुरु भएको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालिका र... पुरा पढ्नुहोस
म्याग्दीमा आईतवार हुने स्थानयि निर्वाचनको सबै तयारी पुरा
- 8 बर्ष, 9 महिना अगाडि
- ३० बैशाख २०७४, शनिबार
म्याग्दी, ३० बेनी । आईतबार हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तयारी पुरा भएको छ । आईतवार विहान ७ बजेदेखि सुरु हुने निर्वाचन साभmँ पाँच बजेसम्म जारी रहनेछ । एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता छन् । वैशाख ३१ गतेको... पुरा पढ्नुहोस
निर्वाचनको मुखमा म्याग्दीको ज्यामरुककोटमा कस्ले गरायो बिष्फोट !
- 8 बर्ष, 9 महिना अगाडि
- ३० बैशाख २०७४, शनिबार
म्याग्दी, ३० वैशाख । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती ठूलो आवाज सहित बम विष्फोट भएको छ । राती करिब साढे १० बजे अर्जुन मावि मतदान केन्द्र बाहिरको जंगल क्षेत्रमा दुई पटकसम्म ठुलो आवाज आउने गरि विष्फोटक पदार्थ पड्किएको आवाज आएको सो मतदान केन्द्रमा खटिनुभएका जिल्ला प्रहरी... पुरा पढ्नुहोस