कृषि गतिविधि सम्वन्धि संचारकर्मी र अगुवा कृषकको अनुगमन( फोटोफिचर)

  • २७ जेष्ठ २०७४, शनिबार
  • धिरन खत्री
  • 2853 पटक पढिएको

म्याग्दी, २६ जेठ । बेनी नगरपालिका ३ र ४ वडामा ब्यवासायिक रुपमा कृषकहरुले गरेको फलफूल तथा तरकारी खेतीको शुक्रबार अुनगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजना क्रियाशिल संचारकर्मी र अगुवा कृषहरुले बेनी नगरपािलकाको सुर्केमेला, बासकुना र भकिम्लिको राखुमा भएको फलफूल तथा तरकारी कृषि फार्महरुको गतिविधिबारे अनुगमन गरेको हो ।

जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा ब्यवसायीक रुपमा तरकारी तथा फलफूलमा सफल खेती गरेका कृषकहरुकोे अनुगमन गरिएको हो । बेनपा ४ सुर्केमेलाका सफल ब्यवसायिक कृषक भिमबहाुदर बानियाँले बगर खेतीमा गरेका खर्बुजा खेतीको अनुगमन गरिएको थियो । भने उनले अहिले ६ रोपनी जग्गामा तरबुजा खेती विस्तार गरेका छन् । तरबुजा बेचेर अहिले दुईलाख आम्दानी हुने बताउनुभयो । अधिल्लो बर्ष १ रोपनी जग्गामा लगाएको तरबुजा खेतीबाट १ लाख २० हजार आम्दानी गरेको बताए । त्यस्तै प्रतिकुल मौसम नहुदा र पानी परेको कारण अहिले उत्पादन घटेको बताए ।

त्यस्तै बासकुना ४ का कृषक तिलक गुरुङले १६ रोपनी जग्गामा ७ सय सुन्तलाको विरुवा लगाएका छन् । भने अहिले ३५० ओटा बोटको दाना बेचेर अहिले ४ लाख आम्दानी गर्न सफल भएको बताए । त्यस्तै सुन्तला खेतीमा फर्टिगेसन सहितको सिचाई प्रदशन पनि गरेका छन् । भने उनले अण्डा पार्ने ३ हजार लेस कुखुरा र १५ ओटा भैसी पनि पालेको छन् । भने दिनको १० पेटी अण्डा र ६० लिटर दुध उत्पादन हुने उनले बताए । भने एक पेटी अण्डालाई र्दुइहजार ७०० रुपैया र प्रति लिटर दुधलाई ६० बेच्ने गरेको बताए ।भने उनको फार्ममा ६ जनाले रोजगारी समेत पाएका छन् ।

त्यस्तै सुन्तलाको पकेट क्षेत्र बेनपा ४ भकिम्लि राखुकी अगुवा कृषक मनकुमारी पुनले पनि सुन्तला खेती साथै आधुनिक सुन्तला नर्सरी गर्दै आएकी छन् । राखुमा ५० घरधुरीले अहिले १० हजार सुन्तलाको विरुवा लगाएका छन् । भने अहिले उत्पादन भएको सुन्तलाबाट २८ लाख आम्दानी भएको बताउनुभयो । हावापानी उचित भएको कारण त्यहाँ उत्पादन भएको सुन्तला पोखरा, काठमाण्डौ लगायतको शहरमा पुग्ने गरेका बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयको अुनगमन तथा भ्रमणमा जिल्ला बागबानी अधिकृत भोजबहादुर थापा, श्यामप्रसाद रिजाल प्रशासन शाखाका सुब्बा भुपेन्द्र हमाल नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा लगायतको अनुगमनमा उपस्थित भएको थियो । भने कृषकहरुले गरेको कृषि पेशाबाट प्राप्त अनुभव तथा जिल्ला कृषि कार्यालयबाट पाएको सुविधा तथा प्रयोग बारे पत्रकार तथा अगुवा कृषकहरुलाई सुनाएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l