भकिम्लीमा गरिमाको वित्तिय शिक्षा कार्यक्रम सम्पन्न

  • २७ जेष्ठ २०७४, शनिबार
  • 1937 पटक पढिएको

म्याग्दी, २७ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा गरिमा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जयन्ती मावी भकिम्लीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले ठुला बैंक तथा वित्तिय संस्था सहर केन्द्रि भएकाले ग्रामिण क्षेत्रका बासिन्दाहरू बैकिङ पहुँच बाहिर रहेको बताएका थिए । बेनी नगरपालिकाकाकी उपमेयर सञ्जु बरुवालले कार्यक्रमको उद्घाटन गदैं विद्यालय उमेर समुहबाटै बचत गर्ने बानीको विकास गराउने कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बचत नै भविस्यमा आर्थिक उन्नतीको आधार भएकाले विद्यार्थीको पाठ्क्रममा समेत वित्तिय शिक्षालाई समावेश गर्नुपर्ने बताउनुभयो । बेनपा–३ का वडा अध्यक्ष पदम पुन, जयन्ती माविका प्रधानध्यापक राम बहादुर पुनले सदरमुकाम बेनी नजिकै भएपनि भकिम्लीका धेरैजसोको बैंकमा खाता नभएको बताउँदै गरिमा विकास बैंकले सुरू गरेको अभियानबाट धेरैलाई बैंकको पहुँचमा पुग्ने वातावरण बनाएको बताउनुभयो ।

त्यस्तै जिल्ला शिक्षा कार्यालयका स्रोत ब्यक्ति दुर्गाराम सुबेदी, पत्रकार हरिकृष्ण गौतम, दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष जमुना आर्चायले म्याग्दी जिल्लामा पहिलो पटक केन्द्रिय कार्यालयको स्थापना गरी जनतालाई बैकिङ शिक्षा दिने निलगिरि विकास बैंक देशभर सञ्जाल विस्तार गर्न गरिमा विकास बैंक संग मर्ज भएर थप सुविधा दिएको बताउनुभएको थियो ।
कार्यक्रममा बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तिय सेवा सुविधा,गरिमा विकास बैंकले ल्याएका कार्यक्रम,भावी योजना लगाएत वित्तिय शिक्षाका बारेमा गरिमा विकास बैंकका लघुवित्त प्रमुख नविन प्याकुरेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गरिमा विकास बंैकका बरिष्ठ प्रवन्धक अनुमान श्रेष्ठले जिल्लामा नियमित वित्तिय शिक्षा सञ्चालन बताउनुभयो ।

सोही अवसरमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो । भकिम्लीमा रहेका आधारभुत विद्यालयका शिक्षक, यूवा क्लव, आमा समुह, स्थानीयको उत्साहजनक सहभागिता रहेको कार्यक्रमको अध्यक्षता गरिमा विकास बैंकका बरिष्ठ प्रवन्धक अनुमान श्रेष्ठ र सञ्चालन बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले गर्नुभएको थियो ।
बैकले शनिबार मँगला गाउँपालिकाको मंगला शिक्षा क्याम्पसमा समेत वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गदैंछ । देशभर ४५ शाखा रहेको बैंकले वित्तिय शिक्षा र सामाजिक उत्तरदाहित्व अन्र्तरगत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । कार्यक्रमको अवसरमा जयन्ती माविमा निर्माणधिन अवस्थामा रहेको विद्यालयको भवनलाई बरिष्ठ प्रवन्धक अनुमान श्रेष्ठले २५ हजार आर्थिक सहयोग गर्नुभएको थियो । बेनी नगरपालिका, मंगला गाउँपालिकाको बावियाचौर, मालिका गाउँपालिकाको दरवाङ र अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीमा शाखा रहेको बैंकको देशभर ४५ शाखा रहेृको छ ।