देविस्थानबासीले भविकलालाई जुटाए ४४ हजार

  • २५ जेष्ठ २०७४, बिहीबार
  • 2293 पटक पढिएको

म्याग्दी, २५ जेठ । विषाक्त खानाका कारण गम्भिर बिरामी भइ उपचाररत अर्मन छिस्वाङकी भविकला पुर्जालाई देविस्थानबासीले करिब ४४ हजार रुपैयाँ संकलन गरेका छन् । देविस्थानमा रहेको सुर्यमुखी युवा क्लब घरथोकबाट ५ हजार, क्लबको सक्रियतामा ८ हजार ६ सय ५०, पन्थोक आमा समूहको पहलमा १४ हजार २ सय ६०, न्यू देविस्थान युवा क्लब पन्थोकबाट ५ हजार ५ सय ५८, देउताभीर युवा क्लब मगरदाङद्धारा पाँच हजार, भीम मावि अन्र्तगत रहेको जुरेसको पहलमा तीनहजार पाँच र मालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड देविस्थानबाट २ हजार गरि ४३ हजार ७ सय ६५ रुपैयाँ संकलन गरिएको हो ।

संकलित रकम भविकलाकी आफन्त एवँ पन्थोक आमा समूहकी अध्यक्ष रेखा पुर्जालाई हस्तान्तरण गरिएको सुर्यमुखी युवा क्वलबका अध्यक्ष भक घर्तीमगरले जानकारी दिए । भविकलाको उपचारमा आर्थिक अभाब भएपछि गाउँका सबै मिलेर सहयोग संकलन अभियान सुृरु ग्रिएको र देविस्थानबासीले मन फुकाएर सहयोग गरेको उनले बताए । गत शुक्रबार बिहान ढिडोसँगै आलु र भेन्टाको तरकारी खाएरका भविकलासँगै ससुराली आएका रघुगंगा–८ पात्लेखर्कका पबहादुर गुरुङ (प्रेम), उनको धर्मपत्नी चिना र १४ महिने छोरा बेहोस भएका थिए । चिना र १४ महिने छोराको गत शुक्रबारै उपचारको क्रममा निधन भइसकेको छ भने भविकलासँगै प्रेमको पोखरास्थित कास्की सेवा अस्पतालमा उपचार भइरहेको छ ।