भिम माविको अभिभावक दिवस सम्पन्न

  • २५ जेष्ठ २०७४, बिहीबार
  • 1580 पटक पढिएको

म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानमा रहेको भिम माविको ५८ औँ अभिभावक दिवस बुधवार मनाईएको छ । सो अबसरमा बार्षिक परिक्षाको पुरस्कार वितरण, छात्रावृत्ति वितरण समेत गरिएको छ । सो क्रममा आधारभुत दलित, छात्रछात्रा, माध्यमिक छात्रावृत्ति र माध्यमिक दलित छात्राबृत्ति वितरण गरिएको थियो । अध्यक्ष सुवेदार दिलबहादुर पुनको अध्यक्षता, नरबहादुर विश्वकर्माको स्वागत मन्तव्य, प्रअ डम्मरबहादुर घर्ति मगरको मन्तव्य, शिक्षक प्रकाश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो क्रममा विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलले मालिका ५ घर भई हाल मंगला गाउँपालिका ५ छिसबाङ बस्दै आएर विषाक्त खानाको कारण विरामी भई पोखरामा उपचाररत मनिकला पुर्जाको उपचारार्थ ३ हजार ५ रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा शिक्षक नायक यामप्रसाद तिवारीबाट शिक्षक अभिभावक संघका अध्यक्ष रेखा पुर्जालाई सो सहयोग रकम हस्तान्तरण गरिएको थियो ।