मुक्तिनाथका सेयर सदस्यलाई सहकारी तालीम

  • २७ जेष्ठ २०७४, शनिबार
  • 2389 पटक पढिएको

म्याग्दी,२७ जेठ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्थाले शनिबार सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालीम प्रदान गरेको छ ।

सहकारीको सिद्धान्तको बारेमा सेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका तिस जना भन्दा बढी पदाधीकारी, सेयर सदस्य, सञ्चालक र विभिन्न उपसमितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
तालीममा सहकारी अभियानकर्मी रामबहादुर जिसीले सहकारीको सिद्धान्त, यस सम्बन्धि नीति नियमको बारेमा सहजीकरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, शिक्षा उपसमिति संयोजक तथा उपाध्यक्ष लिलाराम गौतमको स्वागत र सदस्य चिरञ्जिवी बोगटीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।