बुद्ध एकेडेमीकी प्रीति प्रदेश नं ४ को करातेमा उत्कृष्ट खेलाडी

  • २६ जेष्ठ २०७४, शुक्रबार
  • ध्रुब सागर शर्मा
  • 3832 पटक पढिएको

म्याग्दी, २६ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीकी छात्रा प्रीति रोका पोखरामा सम्पन्न राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश नं ४ बाट उत्कृष्ट खेल प्रदर्शन गर्दै व्लायकवेल्ट प्राप्त गर्न सफल भएकी छिन् ।

यही जेठ १७ देखि २१ गतेसम्म पोखरामा भएको राष्ट्रिय कराँते प्रतियोगितामा रोकाले व्लायकवेल्ट प्राप्त गर्न सफल भएकी प्रशिक्षक चन्द्र बूढाले जानकारी दिनुभएको छ । रोकालाई २६ गते पोखरामा आयोजना हुने दिक्षान्त समारोहमा सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी म्याग्दी जेसिजले बेनीमा आयोजना गरेको कराँते प्रतियोगितामा पनि रोका उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

 

 

ध्रुब सागर शर्मा