म्याग्दी बहुमुखी क्याम्पसमा फुल रोपियो

  • २५ जेष्ठ २०७४, बिहीबार
  • सन्दिप शर्मा
  • 1841 पटक पढिएको

म्याग्दी, २५ जेठ । म्याग्दीको सदमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि क्याम्पसमा बिहिबार बगैचा निमार्ण गरि फुल रोपिएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थि युनियन र अनेरास्वयू जिल्ला कमिटि म्याग्दीले बगैचा निमार्ण गरि फुल रोपेका हुन् ।

म्याग्दी जिल्लामा पाईने विभिन्न जातका गरि करिब २५ वटा जातका फुल हरु रोपियको स्ववियू उपसभापति इश्वर सुवेदीले बताउनु भयो । बगैचा निमार्ण गरेर फुल रोप्दै अनेरास्वयु म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले बगैचा निमार्ण गर्ने र फुल रोप्न अरु संगठनलाइ पनि आवहान गर्दै म्याग्दी क्याम्पसलाइ सुन्दर , सान्त र स्वतन्त्र बनाउन सबैले पहल गर्नु पर्ने बताउनु भयो ।

कक्षा ११ देखि स्नातक तह सम्म पठनपाठन हुने म्याग्दी बहुमुखि क्याम्पस ( फुलवारीमा ) करिव १ हजार जना विद्यार्थि अध्ययनरत रहेका छन् ।

सन्दिप शर्मा