मुलुक

कोरोनाबाट सोमबार अहिलेसम्मकै सर्वाधिक संक्रमण,एकैदिन ३७ जनाको मृत्यु

काठमाडौं २० वैशाख । सोमबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । सोमबार देशभर ७,४४८ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २,०२१ जना निको भएका... पुरा पढ्नुहोस

गण्डकीमा र सुदूरपश्चिमका प्रदेश प्रमुख हेरफेर

काठमाडौं २० वैशाख,। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरु हेरफेर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुबै प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुभएको छ । गण्डकीमा अमिक शेरचन... पुरा पढ्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

काठमाडौं २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीलाई सम्बोधन गर्नुभएको छ । सोमबार गर्नुभएको सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि गरेको पहल र प्रसारबारे जानकारी गराउनुभएको हो । उहाँले सरकारले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस्... पुरा पढ्नुहोस

प्रवासि नेपालि मञ्च कतारको नयाँ नेतृत्व चयन,महासचिवमा म्याग्दीका गिरी चयन

कतार २० वैशाख । कतारमा विभिन्न पेशा, व्यवसाय र रोजगारमा रहेका प्रगतिशिल, जनवादी तथा बामपन्थि नेपालीहरुको साझा र शसक्त संगठनको रुपमा छवि बनाएको प्रवासि नेपालि मञ्च कतारको नयाँ नेतृत्व चयन गरिएको छ । अनलाइन जुम भेलामार्फत गरिएको भेला मार्फत चितवन जिल्लामा स्थायि घर भै लामो समयदेखि कतारमा ब्यबसाय गर्दै आउनुभएका... पुरा पढ्नुहोस

वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं १९ वैशाख । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने जानकारि गराएका छन् । बैठकले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको... पुरा पढ्नुहोस

कोरोनाका कारण २३ जिल्लामा निषेधाज्ञा

बैशाख १८, काठमाण्डौ । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लागू भएको छ । यस्तै चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा छ । बर्दियामा, सुर्खेत, सल्यान,... पुरा पढ्नुहोस

हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाण्डाै १८ वैशाख । कोभिड - १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव... पुरा पढ्नुहोस

दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि बहुमत नपुग्ने

पाेखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो । सत्ता जोगाउनका लागि मनाङ्गेलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा एमालेप्रति तीव्र व्यंग्य एवं आलोचना शुरु भएको छ... पुरा पढ्नुहोस

कता हराए जनमोर्चाका सांसद ?

पाेखरा ।  गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएपछि बैठक नै रोकेर हराएका सांसदको खोजी थालिएको छ । मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि गण्डकी प्रदेशको बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले... पुरा पढ्नुहोस

२४ घण्टामा ४५ सय बढीमा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार... पुरा पढ्नुहोस