गण्डकीमा र सुदूरपश्चिमका प्रदेश प्रमुख हेरफेर

  • २० बैशाख २०७८, सोमबार
  • 807 पटक पढिएको

काठमाडौं २० वैशाख,। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरु हेरफेर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुबै प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त हुभएको छ । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख हुनुहून्थ्यो ।

यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उहाँहरु माओवादी केन्द्रमा आवद्ध हुनुहुन्थ्यो । माओवादी केन्द्रमै आवद्ध रहनुभएका तिलक परियारलाई प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरि नयाँ नियुक्त गरिसकिएको छ ।