विहिवार करिब दश हजार जनामा कोरोना संक्रमण पुष्टि
- २३ बैशाख २०७८, बिहीबार
- 954 पटक पढिएको
काठमाडौं २३ वैशाख । विहिवार करिब दश हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । यो अहिलेसम्मकै धेरै जनामा संक्रमण पुष्टी भएको संख्या हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।