मुलुक

मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली पुरस्कृत

मुस्ताङ, ८, असार । मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् । विगत लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार नगद पुरस्कारसहित सम्मान गरेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहाँसिक,धार्मिक, सांस्कृतिक,पर्यटकीय,कृषि लगायतका संभाव्य क्षेत्रहरुको उजागर गर्दै... पुरा पढ्नुहोस

विद्योदय आविमा साइबर अपराध, लागूऔषध र बालविवाह रोकथाम कार्यशाला सम्पन्न

बेनी, म्याग्दी । म्याग्दीकाे बेनी नगरपालिका -१०, वाखेतस्थित  विद्योदय आधारभूत विद्यालयमा साइबर अपराध, लागुऔषधको दुर्व्यसन तथा बालविवाह रोकथामसम्बन्धी विहिवार एकदिवसीय चेतनामूलक कार्यशाला सम्पन्न भएको छ। विद्योदय बालक्लबको आयोजना र प्रहरी चौकी पाखापानी म्याग्दीको समन्वयमा कार्यशाला सञ्चालन गरिएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहभागी प्रहरी बरिष्ठ हवलदार याम बहादुुर थापाले... पुरा पढ्नुहोस

परिक्षा मार्फत एन्जलहार्टमा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौट

बेनी, २७ जेठ । काठमाडौको मनमैजुमा रहेको एन्जल हार्ट एजुकेशन फाउण्डेशनले कक्षा ११ र १२ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौटका लागि मंगलबार बेनीमा परिक्षा सञ्चालन गरेको छ । फाउण्डेशनले शैक्षिक सत्र २०७१ देखि देशका विभिन्न ९ स्थानमा प्रवेश परिक्षा सञ्चालन गरेर छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौट गर्दै आएको छ । एन्जल... पुरा पढ्नुहोस

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० करोड ७० लाख रुपैयाँ बजेट ठेक्का सम्झौता गरिएकामा छ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भइसकेको जनाएको छ । आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको... पुरा पढ्नुहोस

विश्वकै लामो मुक्तिनाथ केबलकार आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

  काठमाडौं- विश्वकै सबैभन्दा लामो केबलकार बन्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। लगानी बोर्डको ६४औँ बैठकले मुक्तिनाथ केबलकार निर्माणका लागि ५७ अर्ब ६४ करोड रुपैयाँको लगानी स्वीकृत गर्दै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत स्वीकृत गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लगानीसँगै परियोजना निर्माणका लागि... पुरा पढ्नुहोस

पूर्व प्रधानमन्त्री नेपालमाथि भ्रष्टाचार मुद्दा,साँसद पद निलम्बन

काठमाडौँ । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो ।... पुरा पढ्नुहोस

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

  जेठ, ६ काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिका विषयमा सहमती नहुदा लामो समयदेखि गभर्नर रिक्त रहेको थियो । मंगलबार विहान काँग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी ओली बिच भएको... पुरा पढ्नुहोस

दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल  र बस ठाेक्कीएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रुप्सोदेखि दानातर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल काठमाण्डौदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो । मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका ५ घर... पुरा पढ्नुहोस

धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो। आइतबार बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञको अवलोकन गर्न आउनुभएका मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशमा... पुरा पढ्नुहोस

काठेखोलामा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ... पुरा पढ्नुहोस