कोरोनाबाट सोमबार अहिलेसम्मकै सर्वाधिक संक्रमण,एकैदिन ३७ जनाको मृत्यु

  • २० बैशाख २०७८, सोमबार
  • 862 पटक पढिएको

काठमाडौं २० वैशाख । सोमबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । सोमबार देशभर ७,४४८ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २,०२१ जना निको भएका छन् ।सक्रिय संक्रमित संख्या ५४,०४१ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । कूल मृत्यु ३३६२ पुगेको छ । बैशाख १६ गते ३५ जनाको मृत्यु भएको थियो ।