एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि

  • २२ बैशाख २०७८, बुधबार
  • 781 पटक पढिएको

काठमाडौं २२ वैशाख । बुधबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको छ भने अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टी समेत भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।

अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि बुधबार थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् । २० हजार ७५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।