ताजा अपडेट

ट्राफिक कार्यालय म्याग्दीले पहिलो चौमासिकमा १८ लाख ४० हजार राजश्व संकलन

म्याग्दी, ११ मंसिर । म्याग्दीमा सवारीसाधन कारबाहीबाट आर्थिक बर्ष ७५÷७६ को पहिलो चौमासिकमा १८ लाख ४० हजार १०० रुपैया राजश्व संकलन भएको छ । ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा चार महिनामा सो राजश्व संकलन गर्न सफल भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । पहिलो चौमासिकमा २ हजार... पुरा पढ्नुहोस

बेनीमा जेसीज कप फुटवल सुरु, साबिक बिजेता र उपबिजेता विद्यालयको बिजयी सुरुवात (भिडियो सहित)

म्याग्दी ११ मङसिर । म्याग्दी सदरमुकाम बेनीमा मंगलवारदेखि १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ सुरु भएको छ । जिल्लामा विद्यालय स्तरमा चर्चित मानिएको प्रतियोगिताको सुरुवातमा साविक विजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र उप–बिजेता माउण्ट एभरेष्टले बिजयी सुरुवात गरेका छन् । https://www.youtube.com/watch?v=m886yfR-AzA&feature=youtu.be म्याग्दी जेसीजद्धारा आयोजित प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

हिमचितुवा संरक्षण अभियान

ठिनी, ११ मङ्सिर । मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो । रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सीको आर्थिक सहयोगमा र... पुरा पढ्नुहोस

तिम्ल्याह बच्चाको जन्म

बेनी ११ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीका एक युवतीले जन्माएका तिम्ल्याह बच्चाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।२२ वर्षीया कमला परियारले शल्यक्रिया मार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् । कमलाको स्वास्थ्य सामान्य रहेपनि आईसीयुमा राखिएका तीन वटा बच्चाको... पुरा पढ्नुहोस

दृष्टीविहिन विद्यार्थीका लागि कम्प्युटर सहयोग

मौवाफाँट, ११ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टीविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले दृष्टीबिहीन विद्यार्थीहरुले प्रयोग गर्न मिल्ने ४ थान कम्प्युटर सहयोग... पुरा पढ्नुहोस

पोखरेबगरमा ब्यवसाय दर्ता तथा नविकरण शिविर

बेनी १० मङसिर । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार तेस्रो कर दिवसको अवसरमा औद्योगिक परामर्श तथा दर्ता नविकरण शिविर सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट ८ जनाले उद्योग, वाणिज्य दर्ता र २० जना भन्दा बढीले परामर्श सेवा लिएका कार्यालयका खरिदार इन्द्र पौडेलले... पुरा पढ्नुहोस

रितुङ्ग माविको पुननिर्माण र बाढी पिडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण (भिडियो सहित)

https://www.youtube.com/watch?v=EibUF6BPWPo&feature=youtu.be म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने... पुरा पढ्नुहोस

लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

बेनी ९ मङसिर । बेनीमा आइतबारदेखि लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । बेनी नगरपालिका र विभिन्न दर्जनौ संघ संस्थाहरुले बेनीमा ¥याली र समारोहको आयोजना गरेर अभियानको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले लैङगिक हिंसा विरुद्धको अभियानलाई औपचारिकतामा सिमित नराखी सधैभरी... पुरा पढ्नुहोस

रायखोरमा स्वास्थ्य इकाई स्थापना

बेनी ९ मङसिर । म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका ६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ ।स्वास्थ्य इकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दाहरुलाई सामान्य बिरामीपर्दा समेत तीन घण्टा पैदल हिडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।... पुरा पढ्नुहोस

जनजागृतीको साधारणसभा

पार्वती सुवेदी / मराङ ९ मंसिर । धवलागिरी गाउँपालिका ६ मरांगमा रहेको जनजागृति उपभोक्ता सहकारी संस्था लि.को सातौ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै वडा अध्यक्ष राजाराम सुवेदीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने र सामुदायिक रुपान्तरणको अभियानमा सहभागि हुनुपर्ने बताएका थिए । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको... पुरा पढ्नुहोस