बारा पुगेका म्याग्दी अखिलका नेता पौडेल उद्धार र राहतमा जुटे (फोटाे कथा)

  • १९ चैत्र २०७५, मंगलवार
  • 2246 पटक पढिएको

बेनी १९ चैत । बाराका आँधीहुरी पिडितहरुको राहत र उद्धारको लागि पुगेका म्याग्दीका अनेरास्ववियूका नेता प्रकाश पोडेल घरबार विहिनहरुको बसोबासको प्रवन्ध मिलाउन जुटेका छन् । गत आईतवार आएको आँधी र हुरीले बारा र र पर्सामा ठुलो जनधनको क्षती भएको छ भने सयौँ घरधुरी घरबार विहिन बनेका छन् ।


म्याग्दीदेखि बारा पुगेका नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता पोडेल बारा स्थित अनेरास्ववियूसंगको समन्वयमा घर भत्किएर खुला चौरमा बसेकाहरुलाई अस्थायी बसोबासको बन्दोबस्तमा लागेका हुन् । सोमबार नै बारा पुगेका पोडेलले मंगलवार दिनभर बाराको फेटा गाउँपालिकामा हुरीले तहसनहस बनाएको बस्तीमा पुगेर अस्थायी बसोबासको व्यवस्था गर्न टहरा बनाउन व्यस्त भएको बताउनुभयो ।

उहाँले हुरीले ठुलो जनधनको क्षती भएको र बाँचेकाहरु समेत घर नभएर खुला चौरमा बस्नुपर्ने बाध्यता रहेकाले उद्धारमा लागेको बताउनुभयो । बुधवार बालबालिका र महिलाहरुको लागि अत्याबश्यक लत्ताकपडा वितरण गर्ने तयारी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववीयु र अनेरास्वीयु क्रान्तिकारी म्याग्दीले मंगलवार सदरमुकाम बेनीमा घरदैलो गरेर संकलन गरेको रु ६२ हजार ७११ रुपैयाँ सहयोग रकममा अन्य सहयोग समेत थप गरि पिडितहरुलाई अत्याबश्यक सामाग्री उपलब्ध गराउने तयारी गरिएको छ ।