वाखेतमा पशु स्वास्थ्य शिविर
- १९ चैत्र २०७५, मंगलवार
- 1279 पटक पढिएको
बेनी १९ चैत । बेनी नगरपालिका १० वाखेतमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखा र वडा कार्यालयको आयोजनामा सञ्चालन भएको शिविरमा करिब डेढ सय जना कृषकहरु लाभान्वित भएका छन् ।
वाखेत, पात्लेखेत, ओखले, आलवाङ, तोरीपानी क्षेत्रका १३५ जना कृषकहरुको तीन हजार पाँच सय भन्दा बढी पशुपक्षिको औषधी उपचार गरिएको वडा सचिव पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्य, नगरपालिकाको पशु सेवा शाखाका प्रमुख लक्ष्मीप्रसाद पौडेल र प्राबिधिक प्रदिप गौतमको टोलीले पशुपक्षिको स्वास्थ्य परिक्षण, गोवर परिक्षण, परामर्श र औषधी वितरण सेवा दिनुभएको थियो ।
शिविर सञ्चालनका लागि लाइफ केयर फर्मा सियुटीकल्स प्रा.ली भरतपुर र सापकोटा भेटेरीनरी सेन्टर बेनीले औषधी सहयोग गरेका थिए । कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको थियो ।ग्रामिण क्षेत्रका कृषकहरुलाई पशुपंक्षिको स्वास्थ्य, आहराप्रति सचेत बनाएर पशुजन्य बस्तुको गुणस्तर र उत्पादन वृद्धी गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।