बारा र पर्सामा हावाहुरीबाट घाइते भएकाहरुको लागि बेनीमा ३४ जनाले गरे रक्तदान

  • १९ चैत्र २०७५, मंगलवार
  • 1634 पटक पढिएको

म्याग्दी, १९ चैत । हावाहुरीका कारण बारा र पर्सामा घाइते भएकाहरुको उपचारका लागि बेनीमा रक्तदान मार्फत रगत संकलन गरिएको छ । बेनीमा रहेका लायन्स र लियो क्लबहरुको संयुक्त आयोजना,नेपाल रेडक्रस सोसाईटी अन्र्तगत सञ्चालित रक्तसंचार केन्द्र र बेनी अस्पतालको प्राविधिक सहयोगमा मंगलवार बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा ३५ जनाले रक्तदान गरेको लायन्स क्लब अफ पिस सिटीका अध्यक्ष लोकबहादुर (लोकेस) पुन मगरले बताउनुभयो । आइतबार राति आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएको समाचारहरु वाहिर आएपछि बेनीमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

बेनीम संकलन भएको ३५ प्रिन्ट रगत पोखरा हुँदै बारा र पर्सा पठाइने आयोजकले जनाएको छ । रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार, व्यवसायी र सर्वसाधारणहरुले रक्तदान गरेको थिए । आइतबार राति आएको हावाहुरी र आँधीबाट पर्सा र बारामा २७ जनाको मृत्यु भएको थियो भने पाँचसय भन्दा वढी घाइते भएका थिए ।