धवलागिरी गाउँपालिका स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन
- १९ चैत्र २०७५, मंगलवार
- 2077 पटक पढिएको
बेनी १९ चैत । धवलागिरी गाउँपालिकामा रासबहादुर गोतामेको अध्यक्षतामा संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मुनामा आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रमको अवसरमा गठन भएको समितिको उपाध्यक्षमा ओमप्रसाद बिक, सचिवमा होसियारसिङ विक र कोषाध्यक्षमा तिर्सना रसाइली चयन हुनुभएको छ ।
सदस्यहमा दिवस गोतामे, यामकुमारी विश्वकर्मा, बिष्णु सुनार, राजु हर्मेल, ग्रिन विश्वकर्मा, शिल्पा बिक, थमबहादुर बिक र रसु बिक रहनुभएको छ । धवलागिरी गाउँपालिकाको ७ वटै वडाका दलित जनप्रतिनिधि र अगुवाहरु गरि ७० जना सहभागि कार्यक्रमको टेकबहादुर विश्वकर्मा, याम किसान, बलबहादुर बिक, छवी बिक र मुना स्वास्थ्य चौकीका प्रमुख गंगाबहादुर बुढाथोकीले सहजिकरण गर्नुभएको थियो ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक छवी विश्वकर्माको अध्यक्षता, होसियारसिङ विश्वकर्माको सञ्चालन र संघर्ष समितिका जिल्ला संयोजक बलबहादुर विश्वकर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नयाँ संरचना र परिस्थितिमा दलित आन्दोलनलाई कसरी अघि बढाउने तथा दलित जनप्रतिनिधि र अगुवाहरुको दायीत्व तथा भूमिकाका विषयमा प्रशिक्षण दिइएको थियो । चैत १६ र १७ गते कार्यक्रम सञ्चालन भएको थियो ।