जनप्रतिनिधि र कर्मचारीले कोरोना कोषमा चार लाख २४ हजार जम्मा
- २६ बैशाख २०७७, शुक्रबार
- 1255 पटक पढिएको
म्याग्दी, २६ वैशाख । बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा जनप्रतिनिधि र कर्मचारीहरुले चार लाख २४ हजार रुपैयाँ जम्मा गरेका छन् ।
कोषमा नगर प्रमुख हरिकुमार श्रेष्ठले ५१ हजार सहित उपमेयर सञ्जु बरुवाल लगायत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुबाट दुई लाख ५८ हजार ७१० र कर्मचारीहरुले एक लाख ६५ हजार ५५५ रुपैयाँ जम्मा गर्नुभएको हो ।
नगरपालिकाले कोरोना रोकथामका लागि स्थापना गरेको कोषमा स्वच्छिक रुपमा सहयोग गर्न संघ संस्था र दाताहरुलाई अपिल गरिएको कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।
कोषमा नगरपालिकाले एक करोड रुपैयाँ बिनियोजन गरेको छ । सो कोषको रकम कोरोना रोकथाम, नियन्त्रण, स्वास्थ्य सामग्रीको खरिद, ब्यवस्थान, आइसोलेशन निर्माण, क्वारेन्टिन स्थापना, सञ्चालन र राहतका काममा परिचालन हुने नगरपालिकाले जनाएको छ ।