अनेरास्ववियू म्याग्दीद्धारा फलफूल वितरण

  • १ जेष्ठ २०७७, बिहीबार
  • 1015 पटक पढिएको

बेनी, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले बिहीबार स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।


५५ औ स्थापना दिवसको अवसर पारेर बेनी अस्पतालमा उपचार गराइरहेका ९ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो । अनेरास्ववियू म्याग्दीका संयोजक सुवास विश्वकर्मा र सहसंयोजक रेशम के.सी.ले फलफुल वितरण गर्नुभएको थियो ।

विद्यार्थी आन्दोलन र राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेको अनेरास्ववियूले कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनको पूर्ण पालना गर्दै कोरोनाबाट बच्नका लागि समेत स्थापना दिवसको अवसरमा अपिल गरेको छ ।