म्याग्दीमा भूपु भारतीय सैनिकलाई पेन्सन वितरण

  • २५ बैशाख २०७७, बिहीबार
  • 1355 पटक पढिएको

बेनी, २५ वैशाख । म्याग्दीका भारतीय सैनीकको सेवाबाट निवृत भएकाहरुलाई पेन्सन वितरण गरिएको छ । भारतीय राजदुतावास अन्तरगत बेनी स्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच आफ्ना भूपुहरुलाई पेन्सन वितरण गरेको हो । म्याग्दीका भुपु सैनिकहरुलाई एभरेष्ट बैंकको बेनी स्थित सेवा केन्द्र गोर्खा सैनिक सहकारी संस्था मार्फत मंगलबारदेखि पेन्सन वितरण सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर म्याग्दी र पर्वतका सैनिकहरुलाई बुधबारसम्म पेन्सन वितरण गरिएको गोर्खा भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । ७०० जना भुपु सैनिकहरुलाई २५ देखि २८ करोड रुपैयाँ पेन्सन वितरण गरिएको छ । एभरेष्ट बैंक मार्फत पेन्सन लिनेहरुलाई बेनीमा गोर्खा सैनिक सहकारीले भुक्तानी गर्दै आएको छ । गत वर्ष बेनीमा जिल्ला सैनिक बोर्ड स्थापना र एभरेष्ट बैंकको सेवा केन्द्र खुलेपछि भुपुहरुलाई राहत मिलेको छ ।

पेन्सन लिनका लागि बागलुङ जानु परेको छैन् । कतिपय भुपुहरुले सिधै बैंक खातामा पेन्सन जम्मा गर्छन् । छ छ महिनामा पेन्सन वितरण गर्छ । कोरोनाको त्रास र लकडाउनका कारण प्रभावित भएको ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउन भुपुहरुको पनि योगदान रहने जनाइएको छ ।