ताजा अपडेट
देशभर थप ४३९२ जनामा कोरोना संक्रमण, ७ सय बढीको मृत्यु
- 5 बर्ष, 4 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
काठमाडौं ३० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिईएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं... पुरा पढ्नुहोस
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 4 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । [caption id="attachment_44883" align="alignleft" width="289"] CoronavirusFAQOpener[/caption] स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएका हो ।... पुरा पढ्नुहोस
नेपाल बाल संगठन मुस्ताङको सभापतीमा पेमा छेतेन चयन
- 5 बर्ष, 4 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
एसके थकाली असाेज ३० जोमसोम। नेपाल बाल संगठन जिल्ला तदर्थ कार्यसमिति मुस्ताङको सभापती पदमा लोघेकर दामोदरकुण्ड गाउपालिका—३ मुस्ताङ निवासी पेमा छेतेन विक नियुक्त भएका हुन् । नेपाल बाल संगठन केन्द्रिय कार्यसमितिको गत असोज २० गते काठमान्डौंमा बसेको बैठकले साविक जिल्ला कार्यसमिति भंग गरी तदर्थ समिति गठन गर्ने क्रममा विकलाई मुस्ताङ... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट बागलुङका २५ बर्षिय पुरुषको पोखरामा निधन
- 5 बर्ष, 4 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । बागलुङका २५ बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–७ का ती पुरुषको पुरुषको गयराती मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्तीमा ती युवा असोज... पुरा पढ्नुहोस
धवलागिरीको बिशेष गाउँसभा : पहिरो पीडितको आवास पुननिर्माण र प्रकोप व्यवस्थापनलाई प्राथमिकता
- 5 बर्ष, 4 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेट बाँडफाड गर्ने प्रस्ताव पारित भएको छ । ३४ वटा योजना तथा कार्यक्रमका लागि तीन करोड ४९... पुरा पढ्नुहोस
म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 4 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
म्याग्दी २९ असोज । म्याग्दीका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेनटाइनमा बसेका र उपचारका लागि अस्पतालमा पुगेकाहरुको पीसीआर परिक्षणका क्रममा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बेनी नगरपालिकाका २४ बर्षिय युवा नेपाल आर्मीमा कार्यरत रहेको, जलजला गाउँपालिका ३ घर भई बेनी बस्ने... पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) धौलागिरी ब्युरोद्धारा विध्यामन्दिर माविलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग
- 5 बर्ष, 4 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
म्याग्दी २९ असोज । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) धौलागिरी ब्युरोले विध्यामन्दिर माध्यमिक विद्यालय बागलुङलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग गरेको छ । संगठनले ३५० थान स्यानिटाइजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटवल, १ थान ब्याडमीण्टन, १ थान भलिबल नेट लगायतका सामाग्री सहयोग गरेको... पुरा पढ्नुहोस
काठमाडौंमा सिलिण्डर बिष्फोट हुँदा म्याग्दीका ६ जनासहित दर्जन बढी घाइते
- 5 बर्ष, 4 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
काठमाडौं २९ असोज । काठमाण्डौँ महानगरपालिका–१६,नयाँबजारस्थित एउटा घरमा सिलिण्डर विस्फोट हुँदा म्याग्दीका ६ जना सहित ११ जना मानिसहरु घाइते भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उनका छोरा संकल्प क्षेत्रीसहित परिवारका ५ जना घाइते भएका हुन् । बुधबार निधन भएका... पुरा पढ्नुहोस
ताकमबाट पाेखरा पुगेका ८६ बर्षका पुरूषमा काेराेना पुष्टि
- 5 बर्ष, 4 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
असोज २९ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमका एक ८६ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ । केही समय अघि काठमाण्डौंबाट आएका उक्त पुरुष असोज २६ गते पोखरा पुगेका थिए । २८ गते गरिएको पिसिआर परिक्षणमा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल बताउनुभयो । उक्त... पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीद्धारा बागलुङमा रक्तदान
- 5 बर्ष, 4 महिना अगाडि
- २८ आश्विन २०७७, बुधबार
म्याग्दी २८ असोज । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी धवलागिरी क्षेत्रीय समन्वय समितिले बागलङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ अस्पताल परिसरमा गरिएको रक्तदानमा ४०जनाको सहभागीता रहेपनि स्वास्थ्य अबस्थाका कारण २६ जनाले रक्तदान गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संकटका कारण अस्पतालहरुमा... पुरा पढ्नुहोस