नेफस्कून र सहकारी संचालक समितिविच बेनीमा अन्तरक्रिया

  • १२ पुष २०७७, आईतवार
  • 1431 पटक पढिएको

म्याग्दी, १२ पुष । सहकारीलाई प्रविधिमैत्री बनाउन नेफस्कूनद्धारा सहकारी संचालक समितिको अध्यक्ष तथा सदस्यहरुसंग अन्तरक्रिया गरिएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ फिल्ड कार्यालय (नेफस्कून ) पोखराको आयोजनामा म्याग्दीका २५ वटा सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरुको उपस्थितमा नेफस्कून स्थापनाको उद्देश्य, संचालन गरिरहेको क्रियाकला तथा सेवाहरु र आगामी रणनीति र कार्यदिशाबारे अन्तिरक्रिया गरिएको थियो ।

????????????????????????????????????

आईतबार आयोजना भएको तालिममा नेफस्कुन संचालक सदस्य तथा फिल्ड कार्यालय पोखराका संयोजक चण्डीप्रसाद शर्मा पौडेलले सहकारीलाई सामुहिक रुपमा अघि बढाउन र सहकारीविचको अस्वस्थ प्रतिस्पर्धाक हटाउने भुमिका नेफस्कूनको रहदै आएको बताए । एक सहकारीलाई भरपर्दो र एकले अर्को सहकारीलाई सहयोग गर्ने, सहकारीको चेक सहकारीमा साटिने ब्यवस्था, मोवाईल सेवा र एटिम सेवा विस्तारमा ध्यान दिदै सेवाग्राहीलाई सहकारीमा आकर्षित गर्न संचालकले ध्यान दिन आग्रह गरे । उनले सहकारीविच अन्तरलगानी, युवा उद्यम कार्यक्रम, जिल्ला बचत संघ साझेदारी, तालिम तथा शिक्षा, ब्यवसाय विकास सेवा आन्तरिक लेखापरिक्षण, कानुनी परामर्श र सुपरिवेक्षण जस्ता कार्यहरुमा सहयोग गर्दै आएको जानकारी दिए ।

नेफस्कूनका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेले सहकारी संचालकलाई प्रविधिमैत्री दीगो वित्तिय सहरकारी बनाउन नेफस्कूनको भूमिकाबारे जानकारी गराएका थिए । उनले जनताको जीवनस्तर उकास्ने आधार सहकारी भएको हुदाँ सहकारीलाई भरपर्दो बनाउन सचालकको ध्यान दिनुपर्ने बताए ।

नेफस्कुनका पिल्ड ब्यवस्थापन उपसमितिका सदस्य रामजी सुवेदीको अध्यक्षता, जिल्लामा सहकारी संचालकको तर्फबाट क्याप्टेन मिनबहादुर काकी, विना गवुर्जा र पश्चिम नेपाल ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र शर्माले नेफस्कूनमा आवद्धपछिको फाइदाबारे जानकारी गराएका थिए । पोखरा फिल्ड कार्यालयका नेफस्कूनका इन्चार्ज रिसभराज रेग्मीले कार्यक्रम संचालन गरेका थिए । नेफस्कुनले पुष ८ गतेदेखि ११ गतेसम्म सहकारीका प्रवन्धक तथा कर्मचारीलाई पल्स सम्वन्धी तालिम दिएको थियो ।