६ जनामा कोरोना संक्रमण पुष्टी

  • १२ पुष २०७७, आईतवार
  • 1564 पटक पढिएको

म्याग्दी, १२ पुष । म्याग्दीमा ६ जनामा कोराना पुष्टि भएको छ । शंकास्पद बिरामीहरुको पुष ८ गते १२ जनाको नमुना संकलन गरी पोखराको क्षयरोग उपचार केन्द्रमा रिपोट परिक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएकोे स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।

कोरना संक्रमित बाहिरी जिल्लाका अस्थाई रुपमा बेनी बस्नेमा भेटिएको छ। गोरखा घर भई हाल बेनीबजार बस्ने ५१ बर्षका पुरूष, बाजुरा घर भई हाल बेनीबजार बस्ने ३३ बर्षका पुरूष, डोटी घर भई हाल बेनीबजार बस्ने ३३ बर्षका पुरूष, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने ३१ बर्षका पुरूष, मालिका गाउँपालिका वडानम्वर ६ का ३७ बर्षका पुरूष, मंगला गाउँपालिका वडानम्वर १ का ३८ वर्षका महिलामा गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको कार्यालयले जानकारी दिएको छ।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १८५ जना (महिला ४४ र पुरुष १४१) पुगेको छ । हाल सम्म जम्मा २ हजार ३१६ जनाको नमुना संकलन गरी पठाएकोमा २ हजार ३०९ जनाको रिपोट आएको छ।