मुस्ताङको पर्यटन क्षेत्र खुलाउन होटल ब्यवासायीको आग्रह

  • १२ पुष २०७७, आईतवार
  • 1194 पटक पढिएको

 

म्याग्दी, १२ पुष । कोरोना भाईरसको त्रासले बन्द रहेको मुस्ताङको पर्यटन ब्यवसाय खुलाउन म्याग्दीका होटल ब्यवसायीले माग गरेका छन् । सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द रहेको मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग गर्दै होटल ब्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समन्वयको लागि ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले लगडाउन खुलाएको अवस्थामा मुस्ताङले आजसम्मपनि कोभिडको कारण देखाएर बन्द अवस्थामा रहेको पर्यटन क्षेत्र खुलाउनको लागि होटल ब्यवसायीले प्रशासनसंग समन्वयको माग गर्दै ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई होटल ब्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बुझाएका छन् ।

बाहिरी जिल्लाबाट मुस्ताङ जान रोक लगाएका मुस्ताङबासी विभिन्न काममा जिल्लाबाहिर आवाजजावत तथा ब्यापार ब्यवसाय गर्ने कार्यहरु भईरहेको जानकारी गराउदै म्याग्दीसंगै जोडिएको मुस्ताङको धार्मिक तथा पर्यटकिय क्षेत्रमा पर्यटकलाई खुल्ला आवातजावतको ब्यवस्था मिलाउन लागि आग्रह गरेको अध्यक्ष आचार्यले बताए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले– देशब्यापी रुपमा धार्मिक, पर्यटन, यातायात तथा सेवा क्षेत्र खुलेको अवस्थामा मुस्ताङमा स्वास्थ्य मापदण्ड पालना गरेर लगडाउनलाई हटाउन सहजीकरण गर्ने बताए । उनले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई सरोकारवालाहरुलाई सहजकारीकरण गरेर छिटो पर्यटन क्षेत्र खुलाउन आग्रह गरेको बताए ।

लगडाउन खुलेको अवस्थामा मुस्ताङका सरोकारवाहरुले सुरक्षा रणनीति अपनाएर खुलाउन भनेपनि मुखियाहरुले अस्विकार गर्दै होटल ब्यवसायी तत्काल खोल्न नदिएको खोल्नेलाई जरिवाना गरेको मुस्ताङको प्रजिअबाट जानकारी भएको अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङको प्रजिअले जनप्रतिनिधि, स्थानीय तह, मुखिया र होटल ब्यवसायी संग छलफल गरेर प्राकृतिक तथा धार्मिक पर्यटकिय क्षेत्र खुलाउने प्रतिबद्धता दिनुभएको अधिकारीले बताए ।
जिल्लाका पर्यटकीय क्षेत्रसंगै होटल ब्यवसाय खुलेपनि मुस्ताङको पर्यटन ब्यवसाय नुखल्दा होटल क्षेत्र सुनसानले ब्यवसायीलाई भाडा तिर्न नसक्ने अवस्थाले विस्तापित हुने समस्या बढेको संघका पुर्व अध्यक्ष गोपाल पौडेलले बताए । मुस्ताङको पर्यटन ब्यवसाय खुलाउनमा ढिलाई गरेमा चरणबद्ध आन्दोलनसंगै आवातजावतमा यातायात सेवा रोक्ने होटल ब्यवसायीको आगामी योजना छ ।