ताजा अपडेट

प्रदेशीएका युवाहरुको कथा ‘जापानले नि धोको पु¥यायो’ (भिडियो सहित)

म्याग्दी २५ भदौ । रोजगारिको शिलसिलामा बाध्यताले प्रवासीएका युवायुवतिको कथालाई समेटेर लोक भाकाको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्देली सर्जक प्रविण खत्रीको शब्द सिर्जनामा ‘जापान जापान भन्थेँ आमा जापानले नि धोको पु¥यायो’ बोलको लोकगीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=rFloCQ4_76M म्याग्देली गायक राजेन्द्र सापकोटा सहित समुन्द्रराज पौडेलको... पुरा पढ्नुहोस

देशभर कुल संक्रमित ५० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको... पुरा पढ्नुहोस

बाढी पिडितलाई तल्लो लमाई समाज जापानको १ लाख २० हजार सहयोग

थम्मन थापा बागलुङ भदौ २५ । भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो । भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक... पुरा पढ्नुहोस

एउटा भावुक दृष्य, चरामा देखिएको प्रेम (भिडियो)

म्याग्दी २४ भदौ ।  सुन्दा अचम्म लाग्ने । चराहरुको प्रेम र मायाँ पनि मानिसहरुको भन्दा कम हुँदैन् । शुक्रवार विहानै बेनीको विरेन्द्रचोकमा दुई चराबिचमा देखिएको माया, प्रेम र सदभाबले मनै हल्लाउने दृष्य देखियो । सडकमा एउटा काग पल्टीरहेको थियो । उ मरिसकेको थियो । https://www.facebook.com/MyagdiOnlineNews/videos/2712745239004660/?eid=ARAEJ1hPbZ8VGf1N20QB_9I8mmqjgI57FBygLGY5pY1DPIgszWKVQxyi9ez5x56m4tIk_iMvGWq0EJiI छेउमा रहेको अर्को कागले देखाएको... पुरा पढ्नुहोस

लायन्स क्लव अन्तराष्ट्रियद्धारा ८० घरधुरी बाढीपहिरो पीडितलाई राहत सहयोग

म्याग्दी २४ भदौ । मानवीय सेवाको क्षेत्रमा सक्रिय लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालले म्याग्दीका ८० घरधुरी बाढीपहिरो पीडितलाई रु ४ लाख बराबरको राहत साम्रागी सहयोग गरेको छ । क्लबले बेनी नगरपालिकाका २९ परिवार, मालिका र धवलागिरी गाउँपालिकामा २६, अन्नपूर्णमा १५, मंगलामा ६ र छिमेकी जिल्ला पर्वत बेनीका ४... पुरा पढ्नुहोस

भुकम्पले प्रभावित ५५ वटा विद्यालयको भवन पुर्ननिर्माण

म्याग्दी, २४ भदौ । भुकम्पले प्रभावित म्याग्दीका ५५ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । भूकम्पले जिर्ण बनेका र भत्किएका विद्यालयको भवन पुर्ननिर्माण गरिएको हो । जिल्लामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) ईकाइ मार्फत चार कोठे २४ वटा, ३ कोठे ९ वटा र २ कोठे २२ वटा... पुरा पढ्नुहोस

म्याग्दी जेसिजद्धारा कोभिड १९ नियन्त्रणमा क्रियाशिल संस्थालाई फेस सिल्ड सहयोग

म्याग्दी २४ भदौ । कोरोना भाईरस( कोभिड–१९) नियन्त्रण र न्यूनिकरणमा कृयाशिल संस्थाहरुलाई म्याग्दी जेसिजद्धारा सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको छ । जेसिजले स्थानीय रुपमा तयार पारेका फेस सिल्ड सामाग्री बेनी अस्पताल, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरिएको हो । स्थानीय बजारमा आबश्यक सामाग्रीहरु जुटाएर निर्माण गरिएका फेस सिल्डहरु... पुरा पढ्नुहोस

बोहोराफाँट समाज जापानद्वारा ढोरपाटनका बाढी पीडितलाई रु २ लाख १० हजार सहयोग 

थम्मन थापा बागलुङ भदौ २४ । भदौ १७ गते राती भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ । बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै... पुरा पढ्नुहोस

ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग 

थम्मन थापा बागलुङ भदौ २४ । बागलुङ जिल्ला यतिबेला शोकमा छ । भदौ १७ गते राति जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ स्थित भुजिखोलामा आएको बाढीले त्यहाँ अकल्पनीय क्षति पुरायो । बाढीमा परेर कैयौं मानिसको दुःखद निधन भयो । धेरै मानिस बेपत्ता भए धेरैले आफन्त घरबास र... पुरा पढ्नुहोस

फरार अपराधी नियन्त्रणमा म्याग्दी प्रहरीको सफलता

  म्याग्दी, २३ भदौ । विभिन्न अपराधीक घटनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ब्यक्तिहरुलाई नियन्त्रणमा ल्याउन म्याग्दी प्रहरीलाई सफल मिलेको छ । जिल्ला प्रहरी कार्यालयले संचालन गरेको फरार अभियुक्त प्रकाउ अभियान अन्तरगत पछिल्लोे दुई महिनामा फरार रहेका २५ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको हो । जसमध्ये मालिका गाउँपालिका– ४ ओखरबोटमा... पुरा पढ्नुहोस