प्रजिअ अधिकारीद्वारा विकास र शान्ति सुरक्षा एकताबाट सम्भव

  • १८ फाल्गुन २०७७, मंगलवार
  • 1092 पटक पढिएको

म्याग्दी, १८ फागुन । म्याग्दीबाट काठमाण्डौ सरुवा भएका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लाको विकास र शान्ति सुरक्षामा मिलेर अघि बढ्न राजनीतिक दल, जनप्रतिनिधि, सरक्षाकर्मी, कर्मचारी लगायत सरोकारवालाहरुलाई आग्रह गरेका छन् । साढे ६ महिनाको अवधीमा जिल्लामा रहेर गरेको प्रगति विवरण प्रस्तुत गर्दै जिल्लामा संचालन भएका ठुला आयोजनाहरुलाई अनुगमन तथा निगरानीमा मिलेर अघि बढ्न आग्रह गरेका हुन् ।

क्वारेन्टाईन, कोरोना अस्पताल, स्थानीय निर्माणधिन विद्यालय, प्रहरी चौकी, जलविद्युत आयोजना लगायतका विकास आयोजनामा अनुगमन र निर्देशनमा जिल्लाका प्रमुख राजनीतिक दल, स्थानीय तह र जनप्रतिनिधिसंग समन्वय गरेर अघि बढ्न सफल भएको बताए ।

जिल्लामा बाढीपहिरो प्रभावित ८२१ घर मध्ये पुर्ण क्षति भएका घरहरु पुर्ननिर्माणमा जग्गा ब्यवस्थापन, प्रवासीहरुको सहयोग ४० घर निर्माणधिन अवस्था र अन्यको जग्गा ब्यवस्थापन काम अघि बढेको बताए । बेनी– जोमसोम, बेनी दरवाङ, गलेश्वर भगवती, पाखेरवगर चित्रे लगायतका सडक निर्माणको प्रगति र दिलासुस्तीमा निगरानी बढाउदै तिव्रता दिनका लागि ब्यवसायीलाई आग्रह गरेको बताए । बेनी बजार संरक्षण काली र म्याग्दी नदीमा तटबन्ध कार्य सुरु गर्न पहल गरिएको जानकारी गराए ।

जनतामाझँ प्रशासनिक सेवालाई छिटो र छरितो गराउने काम, बर्षाले अवरुद्ध सडक खुलाउनमा पहल, अपराधमा गरी फरार अपराधीलाई प्रकाउ गर्न सफल, कालीगण्डकी शासरण लाईनको सम्पन्न गर्नमा अवरोध तथा समस्याको समाधानमा पहल गरिएको, नगरपालिकासंग समन्वय गरेर ढल ब्यवस्थापनका लागि घर अधिग्रहण गर्न ६ महिनामा सफल भएको बताए ।

उनले आगामी दिनमा जिल्लाका सरोकारवालाहरुले डोजर विकासको असर रोक्न बातावरणीय परिक्षणको प्राथमिकता दिनुपर्ने, मदिरा नियन्त्रण, विपत ब्यवस्थापनमा स्थानीय युवाहरु परिचालन कृिष, पशुपालन, कला लगायतको क्षेत्रमा योगदान गरेकालाई सम्मान, कार्यालयको सेवाप्रवाहमा हुने ढिलासुस्ती र भष्ट्रचार जस्ता गतिविधिको सुधारमा निगरानीमा मिलेर अघि बढ्न आग्रह छ ।