जिससद्धारा संघ, प्रदेश र स्थानीय तहका योजनाहरुको अनुमगन

  • २१ फाल्गुन २०७७, शुक्रबार
  • धिरन खत्री
  • 1870 पटक पढिएको

म्याग्दी, २० फागुन । जिल्ला समन्वय समिति म्याग्दीले संघ, प्रदेश स्थानीय सरकारले संचालित योजना तथा आयोजनाहरुको अनुगमन सुरु गरेको छ। जिसस म्याग्दीद्धारा धवलागिरि गाउँपालिकाबाट अनुगमन सुरु गरेको हो ।


जिल्ला समन्वय समितिद्धारा प्रमुख देवेन्द्रबहादुर केसीले बुधबार र विहिबार धवलागिरि गाउँपलिकाको सडक, विद्यालय र स्वास्थ्य चौकीको भवन, शौचालय, खानेपानी आयोजनाहरुको निरिक्षण गर्नुभएको छ। धवलागिरि गाउँपालिका अन्तरगतका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले निर्माण सम्पन्न गरेका विद्यालयका भवन तथा निर्माणधिन भवन, शौचालय र खानेपानी पुर्वाधारको निरिक्षण गरिएको छ।


जिससद्धारा बेनी–दरवाङ, दरवाङ धारापानी सडक स्थलगत कामको निरिक्षण गर्दै काम सन्तोषजनक नरहेको बताए । धवलागिरी गाउँपालिका अन्तरगतका निर्माण सम्पन्न भएको हेम मावि शिवाङ, धनजनता मावि मुना, लमसुङ मावि लमसुङको चार कोठे भवन र लुलाङ आधारभूत विद्यालय लुलाङको दुईकोठे भवन निर्माणधिन शौचालयकोे निरिक्षणको साथै विद्यालयमा विद्यार्थी अवस्था, शिक्षकको दरवन्दी, निजि र राहत शिक्षकको जानकारी लिएका थिए । भुमे आधारभूत विद्यालय मच्छिममा निर्माणधिन चारकोठे भवन लगायतको संरचनाको जानकारी लिनुभएको थियो । विद्यालयमा चार कोठे भवन निर्माणमा ७० लाख र शौचालय निर्माणमा १५ लाख बजेट रहेको छ ।


पुर्बाधार बिकास कार्यालय म्याग्दीले मुना – लुलाङ – गुर्जा सडक आयोजना अन्तरगत महतला भिर क्षेत्रमा सडक र संघको ६० लाख प्रदेशको ५० लाखमा मुनामा निर्माणधिन स्वास्थ्य चौकी भवनको प्रगतिबारे अनुगमन गर्नुभएको थियो । त्यस्तै पुर्वाधार विकास कार्यालय, गाउँपालिकाद्धारा निर्माण भएका लुलाङ मुदीको सडक लगायतको पुर्वाधारको अनुगमन गर्दै ग्रामिण बस्तीको सेवासुविधाहरु निर्माणले गति लिएको बताउनुभयो ।

राष्ट्रिय पुर्ननिर्माणले विद्यालय पुर्वाधार निर्माण योजनाहरुले विद्यालयको संरचनामा परिर्वतन आएको छ,– जिसस प्रमुख केसीले भन्नुभयो– भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको देखिन्छ । पुर्वाधारसंगै ब्यवस्थापन समिति, शिक्षक, अभिभावनक गुणस्तर सुधारमा सक्रिय हुनुपर्ने बताउनुभयो ।

धवलागिरि गाउँपालिका अन्तरगत रहेको १० वटा माविमध्ये हेम मावि शिवाङ जनजागृति मावि मल्कवाङ ९ र १० कक्षामा दरवन्दी शिक्षक रहेको छ । अन्य विद्यालयमा ९ र १० मा संचालनको लागि दरवन्दी नरहेको बताए ।


धनजनता माविका प्रअ पुर्ण भण्डारी र लमसुङ मावि लमसुङका प्रअ मोहनराज पौडेलले जिर्ण पुर्वाधार हटाएर नयाँ संरचनामा पठनपाठनमा सहज भएको छ । उनीहरुले दुर्गमका विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर ९ र १० कक्षा संचालन गरेपनि राज्यले दरवन्दी र राहत शिक्षकको ब्यवस्थापन नगर्दा स्थानीयबाट शुल्क उठाएर शिक्षक राख्नुपर्ने बाध्यता रहेको बताए ।
विद्यालयको प्रअ र ब्यवस्थापन समिति संगलन भएर भवन लगातयको पुर्वाधार निर्माणले छिटोछरितोसंगै भौतिक संरचना सुरक्षित, सुविधा सम्पन्न, बातावरणमैत्री र अपाङ्गमैत्री पुर्वाधार निर्माण भएको जिसस प्रमुख केसीले भने ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l