सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता

  • १९ फाल्गुन २०७७, बुधबार
  • 1017 पटक पढिएको

काठमाडौं १९ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । सरकराले वार्ता स्थान गोप्य राखेको छ ।


मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो । सरकारले प्रतिवन्ध लगाएसंगै विप्लव समूह भूमिगत भएको थियो ।