ताजा अपडेट

म्याग्दीमा थप एक जनामा कोरोना

म्याग्दी १७ असाेज ।  म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय यूवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । । नयाँ संक्रमितलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भइरहेको छ । ‘संक्रमितको... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा खड्का चयन

म्याग्दी, १६ असोज । नेकपाको भातृय युवा संगठन राष्ट्रिय युवा संघ म्याग्दीको इन्चार्जमा पुनम खड्का चयन हुनुभएको छ । संगठनका एकताका बाँकी कार्यलाई टुंगाउन बसेको बैठकले म्याग्दीको इन्चार्जमा खड्का र सह–इन्चार्जमा दिनेश केसीलाई जिम्मेवारी दिएको हो । तत्कालिन माओवादी जनयुद्धका सहिद परिवारका सदस्य समेत रहेका खड्का तत्कालिन वाईसीएल नेपालको केन्द्रिय... पुरा पढ्नुहोस

राष्ट्रिय युवा संघ मुस्ताङ जिल्ला इञ्चार्जमा गौचन

एसके थकाली जोमसोम १६ असाेज ।  राष्ट्रिय युवा संघ नेपालको बिहिबार काठमान्डौंमा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सम्राट गौचनलाई मुस्ताङ जिल्ला ईञ्चार्जको थप जिम्मेवारी तोकेको छ । संघका केन्द्रिय संयोजक . रामप्रसाद सापकोटा (दीपशिखा)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको... पुरा पढ्नुहोस

कोरोना महामारीमा थलिएको शिक्षा : विद्यालय जान आतुर विद्यार्थी (रिपोर्ट)

कमल खत्री म्याग्दी १५ असोज । बेनी नगरपालिका–९ तोरीपानीकी कक्षा १० मा अध्ययनरत प्रतिक्षा बानियाँ आफ्नो शैक्षिक भविश्यबारे अन्यौलमा हुनुहुन्छ । गलेश्वर माविको प्राविधिक धार तर्फ (सिभिल इन्जिनियरिङ) अध्ययनरत बानियाँ पाठ्यक्रमका आधारमा प्रयोगात्मक शिक्षण सिकाइ आबश्यक पर्ने भएपनि करिब ६ महिनादेखि विद्यालयको नियमित पठनपाठन सञ्चालन नहुँदा अन्यौलता छाएको बताउनुहुन्छ ।... पुरा पढ्नुहोस

म्याग्दीमा थप तीन जनामा कोराेना संक्रमण पुष्टि

म्याग्दी, १५ असोज । म्याग्दीमा थप तीन जनामा कोराेना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनीको क्वारेन्टाईनमा बसेका तीन जनाको पीसिआर परिक्षण गर्दा कोराेना संक्रमण पुष्टि भएको हो । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकमी , जोखिमयुक्त जिल्लाबाट आएका ब्यक्ति र शंकास्पद विरामीहरुसहित ४३ जनाको नमुना संकलन पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा... पुरा पढ्नुहोस

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा

  विश्वनाथ खरेल/विश्वमा लगभग १५ प्रतिशत मानिस ज्येष्ठ नागरिक छन् । संयुक्त राष्ट्रसंघले सन् १९९१ मा अक्टोबर १ तारिखका दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि त्यसका सदस्य राष्ट्रहरूले ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका थिए । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार सन् २०५० मा पृथ्वीको करिब... पुरा पढ्नुहोस

वामदेव गौतमको मुद्दा हेर्दा हेर्दैमा

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि उनी विरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । आज निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पंकज कर्णले बहस गरेका थिए । यस्तै चिया समयपछि... पुरा पढ्नुहोस

सारेमारेको बेलबोटमा हत्या गरि गाडेको अबस्थामा महिलाको शव फेला, श्रीमान पक्राउ

म्याग्दी १४ असोज । म्याग्दीको बेनी नगरपालिका –१ सारेमारे बेलबोटमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । श्रीमतीको हत्या गरि छिमेकीलाई समेत थाहा नदिइकन शव गाडेको सूचनाका आधारमा बुधवार विहान घटनास्थलमा पुगेको प्रहरीले ३९ बर्षिया बिरबहादुर सार्कीलाई नियन्त्रणमा ल्याएको हो । घर नजीकैको बारीमा खाडल खनेर गाडिएको... पुरा पढ्नुहोस

म्याग्दी र मुस्ताङका पशुपन्छी पालक कृषकलाई ५ करोड १७ लाख बजेट

  म्याग्दी, १३ असोज । म्याग्दी र मुस्ताङका पशुपन्छी पालक कृषकलाई ५ करोड १७ लाख २४ हजार रुपैया बजेट विनियोजन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले दूई जिल्लामा स्विकृत बार्षिक कार्यक्रम केन्द्र प्रमुख नारायण कुसुमले पत्रकारहरुको उपस्थितमा बजेटसहितको कार्यक्रम सार्वजनिक गरेका हुन् । पशुपालनलाई ब्यवसायिक... पुरा पढ्नुहोस

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सांसद केसीद्धारा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण

बेनी, १३ असोज । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दी क्षेत्र (क)बाट निर्वाचित केसीले संघीय सरकारले बागलुङ र सिन्धुपाल्चोकलाई मात्र विपद्बाट संकटग्रस्त जिल्ला घोषणा गरेर अन्य जिल्लालाई विभेद गरेकोमा असन्तुष्टि जनाउनुभयो... पुरा पढ्नुहोस