जब हलो जुवा बोकेका बालक सडकमा ओर्लिए (फोटो कथा)

  • २७ फाल्गुन २०७७, बिहीबार
  • 2165 पटक पढिएको


म्याग्दी २७ फागुन । साना साना बालकहरुले काँधमा हलो र जुवा बोकेका छन् । उनीहरुले खेलौनाको रुपमा भने हलो जुवा बोकेका होइनन् । आफ्ना पुर्खा र अझैपनि ग्रामीण भेगमा जिवन्त रहेको खेतवारी जोत्ने पेशाको चिनारीका लागी यसरी हलो जुवा बोकेका हुन् । शुक्रवारदेखि बेनीमा सुरु भएको नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको अवसरमा निकालिएको ¥यालीमा हलो जुवाको नमुना सामाग्री पदर्शन गरिएको थियो । ¥यालीमा मगर समुदायको भेषभुषा संगै मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाच समेत पदर्शन गरिएको थियो ।