बेनीमा नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर)

  • २७ फाल्गुन २०७७, बिहीबार
  • कमल खत्री
  • 1483 पटक पढिएको

 

म्याग्दी २७ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला म्याग्दी सदरमुकाम बेनीबजारमा सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । ¥यालीमा सहभागीहरुले मगर एकता र मगर समुदायको हक, हित र अधिकारको पक्षमा नारा समेत लगाएका थिए ।


दुई दिनसम्म सञ्चालन हुने भेलाको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको छ । भेलामा मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यवहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने लगायतका विषयमा छलफल गरिने जनाईएको छ । भेलामा देशभरबाट चारसय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । भेलामा प्रदेश समितिका २८ जना, जिल्ला समितिबाट १ सय ३२ जना, विश्वविद्यालयको तर्फबाट १४ जना प्रतिनिधि संगै स्वयमसेवकहरुको समेत उपस्थिती छ । ¥यालीमा सहभागीहरुलाई बेनीका विभिन्न सामाजिक संघ संस्थाहरुले चोक चोकमा स्वागत गरेका थिए ।    

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l