भीरैभरी भीरमाहुरी (फोटो कथा)

  • २ चैत्र २०७७, सोमबार
  • 2766 पटक पढिएको

बेनी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि आईसफल पदमार्गबाट देखिएको भीरैभरी भीरमाहुरीको दृष्य । पदमार्ग अन्तर्गत चिमखोलाको टाकोसबाट कुइनेमंगलेको क्षेत्रमा पर्ने भीरमा बर्षेनी भीर माहुरीले महको घार बनाउने गरेको पाइन्छ । पदमार्ग अन्तर्गत चिमखोला र कुइनेमंगले क्षेत्रमा रहेका भीर पहराहरुमा स्थानीयले हरेक बर्ष भीर माहुरीको मह काट्दै आएका छन् ।

भीर माहुरीको दृष्य पर्यटकको लागी आकर्षण समेत हो । अझ भीर माहुरीको मह काट्दै गरेको दृष्य अत्यन्तै कहालीलाग्दो देखिन्छ भने यसले साहसिक पर्यटनको लागि टेवा पु¥याउने गरेको छ । भीर महलाई औषधीजन्य कार्यका लागि उपभोग गर्ने प्रचलन रहेको छ ।
शब्द /तस्बिर : कमल खत्री