बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी प्रदर्शन (भिडियो)

  • २७ फाल्गुन २०७७, बिहीबार
  • 1979 पटक पढिएको

म्याग्दी २७ फागुन । म्याग्दी सदरमुकाम बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी पदर्शन गरिएको छ । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको अवसरमा म्याग्दी सदरमुकाम बेनीबजारमा देशभरबाट आएका मगर विद्यार्थीहरुले झाँकी पदर्शन गरेका हुन् ।

 

राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । ¥यालीमा सहभागीहरुले मगर एकता र मगर समुदायको हक, हित र अधिकारको पक्षमा नारा समेत लगाएका थिए ।