मोना कतारको अध्यक्षमा नरेन्द्र फगामी

  • २९ फाल्गुन २०७७, शनिबार
  • 1671 पटक पढिएको

म्याग्दी, २९ फागुन । म्याग्दी प्रवासी नेपाली संघ (मोना),राष्ट्रिय कार्यकारी समिति कतारको अध्यक्षमा नरेन्द्र फगामी सर्वसम्मत चयन भएका छन् । मोना कतारको शुक्रबार सम्पन्न दशौ साधारणसभा तथा १८ औ बार्षिकोत्सवबाट म्याग्दीको मालिका गाउँपालिका –५ का फगामीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो ।


कार्यसमितिको बरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रथम उपाध्यक्ष बाबुराम भन्डारी, गम ब सेन्चुरी, दित्तिय उपाध्यक्ष, महासचिव अजय कुवर, सचिव रामकृष्ण शर्मा, कोषाध्यक्ष हेम बानीयाँ, रहेका छन । त्यस्तै सदस्यहरुमा नरेन्द्र कुमार दर्जी, नर ब मल्ल, गंगाधर कँडेल, सुमन धर्ति, दशरथ खत्री, रिपार्ट खत्री, रहेका छन् ।


यस्तै प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष शर्मा पौडेल, सल्लाहकारमा मिन बहादुर कार्की, लिला बहादुर चोखाल, शिब चोखाल, थम कुमार गिरी, टिका कार्की र देबी कँडेल, संस्थापक संरक्षकमा प्रेम रसाईली, संरक्षकमा बिक्रम कार्की, रमेश पौडेल र रेशम शाही रहेको मोना कतारले जनाएको छ ।