बन्दले म्याग्दीमा यातायात र बजार बन्द हुँदा जनजिवन प्रभावित

  • ३० कार्तिक २०७८, मंगलवार
  • 456 पटक पढिएको

म्याग्दी ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  ले आज आह्वान गरेको नेपाल बन्दले म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ ।


बेनी बजार लगायतका जिल्लाका मुख्य बजारका पसल बिहानैदेखि बन्द छन् भने सार्वजनिक तथा भाडाका सवारी साधन ठप्प छन् । यातायातका साधन ठप्प हुँदा यात्रुहरुले सास्ती व्यहोरेका छन् । लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरु विहानदेखि बसपार्कबाटै फर्कन बाध्य भएका छन् । बन्दको कारण शैक्षिक संस्थाहरु समेत प्रभावित बनेका छन् ।