काँग्रेस म्याग्दीको सचिबमा युवा नेता रकालको उम्मेदवारी घोषणा (भिडियो सहित)

  • ३० कार्तिक २०७८, मंगलवार
  • 1067 पटक पढिएको

म्याग्दी ३० कात्तिक । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिब पदमा घोषणा गर्नुभएको हो । जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्षी समेत रहनुभएका जिल्ला सभापति खमविर गर्वुजाको प्यानलबाट आफ्नो उम्मेदवारी रहेको बताउँदै रकालले पार्टीमा युवाहरुको प्रतिनिधित्व गर्दै सचिब पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

पार्टीले जिल्लामा लामो समयदेखि संघीय निर्वाचनमा व्यहोरेको पराजयलाई बिजयीमा बदल्न पार्टीमा युवाहरुलाई सक्रिय जिम्मेवारी र प्रोत्साहन गर्नुपर्ने भएकाले युवापंतीबाट सचिब पदमा उम्मेदवारी दिन आएको सल्लाह र सुझाब र आफ्नो राजनीतिक अनुभवका आधारमा सचिब पदमा उम्मेद्वारी दिन लागेको उहाँको भनाई छ । नेविसंघ म्याग्दीका पूर्व जिल्ला सभापति समेत रहनुभएका रकाल युवापंतिमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ ।

राजनीतिलाई समाजसेवाको रुपमा लिएर जनताको सुखदुखमा साथ दिन निरन्तर सक्रिय रकाललाई जिल्ला सचिबको बलियो उम्मेदवारको रुपमा लिइएको छ । सञ्चारकर्मी र विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट सानै उमेरमा पार्टीको जिल्ला समितिमा रहेर एक कार्यकाल काम गरिसकेका रकाल काँग्रेसको बैचारिक युवा नेताको रुपमा चिनिनुहुन्छ ।