नेपाली काँग्रेस म्याग्दीको जिल्ला अधिवेशनका लागि धमाधम उम्मेदवारी घोषणा

  • ३० कार्तिक २०७८, मंगलवार
  • 572 पटक पढिएको

म्याग्दी, ३० कात्तिक । नेपाली कांग्रेस म्याग्दीको मंसिर १ गते (भोली) सातौ जिल्ला अधिवेशन हुदै छ । अधिवेशनको मिति नजिकिए संगै आगामी नेतृत्वको लागि उम्मेद्धारी घोषणा गर्ने क्रम सुरु भएको छ । सभापतिमा पदमा वर्तमान सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने अर्का निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँको चर्चा चलेपनि आधिकारीक रुपमा भने घोषणा गर्नुभएको छैन् ।

फाइल तस्बीर 

उपसभापति पदमा करिब आधा दर्जनको चर्चा चलेको छ । वर्तमान उपसभापति माधवप्रसाद रेग्मी , सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,वर्तमान सचिव क्याप्टेन मिन बहादुर कार्की, जिल्ला सदस्य केबी भण्डारी ,प्रदेश सभा ‘ख’का निवर्तमान सभापति कमल छन्त्यालले सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेद्धारी घोषणा गर्नुभएको छ । उपसभापति पदमा चर्चा चले पनि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका क्याप्टेन डमबहादुर गर्बुजा पुनले आधिकारिक रुपमा घोषणा गर्नुभएको छैन् ।

दुई जना निर्वाचित हुने उपसभापति पदका आकांक्षी देखिनुभएका मध्य रेग्मी ,श्रेष्ठ ,छन्त्याल, कार्की गर्बुजा पक्षका हुनुहुन्छ भने भण्डारी र पुन बानियाँ पक्षका हुनुहुन्छ । यसैगरी सचिव पदमा वर्तमान सहसचिब भरतबहादुर रकालले पत्रकार सम्मेलन नै गरेर उम्मेदवारी घोषणा गर्नुभएको छ भने नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुन र दुर्गाराम सुवेदीले सामाजिक सञ्जालबाट उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

सचिब पदमा अजयमिलन श्रेष्ठको समेत चर्चा चलेपनि आधिकारीक घोषणा गर्नुभएको छैन् । रकाल र पुन गर्बुजा पक्षका हुनुहुन्छ भने श्रेष्ठ र सुवेदी बानियाँ पक्षका हुनुहुन्छ । त्यसैगरि सहसचिब पदमा श्रीराम पौड्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । जिल्ला अधिवेशनले सभापति एक सहित उप–सभापति दुई, सचिव दुई र सह–सचिव दुई जना निर्वाचन गर्नेछ । सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्तावगरी निर्वाचित कार्यसमितिबाट कोषाध्यक्ष मनोनित गरिनेछ ।

म्याग्दीबाट खुला र समावेशी गरि २५ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको लागि करिब ४० जना आकाक्षी देखिएका छन् । अहिलेसम्म महाधिवेशन प्रतिनिधिको लागि शिब केसी, दिपेन्द्र रिजाल, जिवन मल्ल, त्रिलोकचन्द विश्वास विक, बिरबहादुर विश्वकर्मा(कमल), धनबहादुर छन्त्याल, मुकुन्द छन्त्याल, धनकुमारी थापा, राजेन्द्र श्रेष्ठ, बिमला गौचन, मनकुमारी विश्वकर्मा, याम हर्मेल, विपिन खड्का, चित्र केसी, निर्मल खत्री, सुजता खत्री, कुसुम मल्ल, सम्झना परियार, मोहन छन्त्याल, लालबहादुर थापा, बोमबहादुर पुन लगायतले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।